कारोबार


एनएमबी बैंकको कन्ट्याक्टलेस कार्डबाट बस भाडा तिर्न सकिने

एनएमबी बैंकको कन्ट्याक्टलेस कार्डबाट बस भाडा तिर्न सकिने

नेपालखबर
बैशाख १३, २०७८ सोमबार ७:११,

एनएमबि बैंकले हालको परिवेश र सुरक्षाको आवश्यकतालाई मध्यनजर गर्दै बस भाडा तिर्नको लागि ‘कन्ट्याक्टलेस’ कार्ड जारी गरेको छ।

घरमै बसी ओम्नी च्यानलमार्फत खाता लगायत विविध बैंकिङ्ग सेवाको सफलतापूर्वक सञ्चालन भएसंगै एनएमबि बैंकले कोभिडबाट सुरक्षाको साथै क्यासलेस समाज निर्माणमा सहकार्य गर्न फिन्टेक इन्टरनेशनलसँग सहकार्य गर्ने गरी समझदारी गरेको छ।

उक्त कार्डबाट यात्रीद्वारा तय गरेको दूरीका आधारमा बस भाडा स्वतः गणना हुनेछ र सो भाडा कन्ट्याक्टलेस कार्डको माध्यमबाट भुक्तानी गर्न सकिनेछ।

यस्तै प्रकारको भुक्तानी प्रणाली विश्वको विकसित मुलुकको सहरहरुमा प्रयोग भइरहेको पाइन्छ।

हालको प्रतिकुल परिस्थितिमा ग्राहक वर्गलाई बस भाडा तिर्ने कार्यमा सहजता होस भन्ने उद्धेश्यका साथ बैंकले यो सेवा प्रदान गर्न शुुभारम्भ गरेको हो।

हाल संयुक्त यातायात र मत्स्य राजधानीका २० वटा बसमा यो सुविधा उपलब्ध भइरहेकोे र अरु विभिन्न बस व्यवसायीहरु संग सहकार्य गरी यो सुविधा उपलब्ध गराउने कार्यमा बैंक प्रयासरत रहेको छ।

‘हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकवर्गलाई प्रदान गर्न लागीएको यस सेवा डिजीटल भुक्तानीको क्षेत्रमा एक कोशेढुङ्गा हो’, कम्पनीले भनेको छ।

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad