सुर्खेतमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।
मंगलबार (भोलि) राति १२ बजेदेखि लागूहुने गरी एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सूचना अधिकृत श्रीसम्सेर रानामगरले नेपालखबरलाई बताए।
महामारी बढ्दै जान थालेपछि निषेधाज्ञा जारी गरिएको उनले बताए।
जिल्ला कोरोना संकट व्यवस्थापन समिति (डीसीएमसी) ले महामारीको 'चेन ब्रेक' गर्न निषेधाज्ञा लागू गर्ने निर्णय गरेको थियो।
सुर्खेतमा ३ सय बढी सक्रिय संक्रमित रहेका छन्।
यस अघि सीसीएमसीले पहाडी जिल्लामा सक्रिय संक्रमित २ सय भन्दा बढी भएमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्ने सिफारिस गरेको थियो।
3
Shares

प्रतिक्रिया