समाज


वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन: श्रममन्त्री यादव

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन: श्रममन्त्री यादव

नेपालखबर
साउन ५, २०८३ मंगलबार १४:५०, काठमाडौँ

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारलाई तत्काल रोक्न नसकिने स्पष्ट पारेका छन्।

मंगलबार वैदेशिक रोजगारविभागको अनुगमनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री यादवले वैदेशिक रोजगारलाई तत्काल रोक्न नसकिने बताएका हुन्। 

उनले विश्वव्यापीकरणको वर्तमान युगमा वैदेशिक रोजगारीलाई पूर्ण रूपमा रोक्न सम्भव नरहेकाले यसलाई सुरक्षित बनाउनेतर्फ सरकार केन्द्रित भएको स्पष्ट पारे।

वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदै
मन्त्री यादवले वैदेशिक रोजगारको क्षेत्रमा हुने ठगीलाई न्यूनीकरण गर्दै शून्यमा पुर्‍याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताए।

उनले वर्षौंदेखि थन्किएर रहेका उजुरीका फाइलहरूलाई व्यवस्थापन गरी दोषीमाथि कारबाही अघि बढाउने प्रतिवद्धता व्यक्त गरे। मन्त्री यादवकाअनुसार विसं २०५७ सालदेखि थन्किएर बसेका ४० हजारभन्दा बढी उजुरीका फाइलहरू हालै फेला परेका छन्। 

दशकौँदेखि कसैले चासो नदिएका यी फाइलहरूलाई विभागको नेतृत्वमा धुलो टकटकाएर व्यवस्थित गर्ने तयारी मन्त्रालयको रहेको पनि बताए। यी सबै फाइललाई डिजिटलाइज गरेर गहिरो अनुसन्धान गरी पीडितहरूलाई न्याय दिलाउने प्रक्रिया अघि बढाइने उनले बताए।

अब घरबाटै उजुरी दिन सकिने
वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिएका श्रमिकहरूको समस्यालाई सहज रूपमा सम्बोधन गर्न सरकारले अनलाइन उजुरी प्रणाली सञ्चालनमा ल्याएको छ।

श्रममन्त्री यादवले ताहाचलस्थित वैदेशिक रोजगार विभागमा आयोजित एक कार्यक्रममा ‘उजुरी डोफे गभर्मेण्ट नेपाल’ नामक पोर्टलको औपचारिक शुरुवात गरेका छन्। 

यसअघि वैदेशिक रोजगारीका नाममा हुने ठगी, बढी रकम असुली र अनुमतिविना विदेश पठाउने जस्ता गतिविधिबाट पीडित भएका व्यक्तिहरू उजुरी दिनका लागि भौतिक रूपमै विभाग उपस्थित हुनुपर्ने बाध्यता थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad