पर्वतको कुश्मा नगरपालिका-५ स्थित बन्जिसाइडको भिरबाट हाम फालेका युवक मृत भेटिएका छन्।
बाग्लुङ नगरपालिका-१४, नारायणस्थान घर भई हाल कुश्मामा बस्ने ३३ वर्षीय दिपेन्द्र नेपालीले सोमबार राति ९ बजे बन्जिसाइडको भिरबाट हाम फालेका थिए।
तत्कालै सशस्त्र प्रहरी बल नेपाल नं. २५ चण्डिका गण पर्वतबाट खटिएको टोली उद्धारमा खटिएको थियो। राति फेला नपरेपछि मंगलबार बिहानै फेरि खोजबिन थालिएको थियो।
चण्डिका गणबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त जवानसहित सशस्त्र प्रहरीले उनको शव फेला पारेको हो। करिब १३० मिटर तल भिरबाट उनको शव निकालिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
डीएसपी थापाका अनुसार, दिपेन्द्रले सामान्य घरायसी विवादका कारण भीरबाट हाम फालेको पाइएको छ।
345
Shares

प्रतिक्रिया