कारोबार


कामना सेवाको ऋणपत्रलाई अन्तर्राष्ट्रियस्तरको परिचय अंक प्रदान

कामना सेवाको ऋणपत्रलाई अन्तर्राष्ट्रियस्तरको परिचय अंक प्रदान

नेपालखबर
बैशाख १६, २०७८ बिहिबार १०:५७,

कामना सेवा विकास बैंक लिमिटेडको ऋणपत्र ‘केएसबीबीएल डिबेञ्चर २०८७’ ले अन्तर्राष्ट्रियस्तरको परिचय अंक इन्टरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर प्राप्त गरेको छ।

यो १० वर्ष अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र हो।

धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका नियम तथा विनियम बमोजिम सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा कारोबार गर्न ऋणपत्र अभौतिकीकरण समेत गरिएको छ। नौ प्रतिशत कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर २०८७ (ऋणपत्र) लाई एनपीई०६८ए११०१ को आईएसआईएन प्रदान गरिएको बैंकले जनाएको छ।

बिहीबार निष्काशन तथा बिक्री खुल्ला गरिएको ऋणपत्रले २०७८ वैशाख १५ मा उक्त अंक प्राप्त गर्न सफल भएको हो।

उक्त परिचय अंक अन्तराष्ट्रिय स्तरमा ऋणपत्र, बन्ड, स्टक आदि जस्ता धितोपत्र सहज तरिकाले पहिचान गर्न मद्दत गर्छ। आईएसआईएन ऋणपत्रहरुलाई सजिलो र स्पष्ट रुपमा क्लियरिङ्ग र फुकुवा गर्न प्रदान गरिन्छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad