कारोबार


भोलिदेखि १ किलो चिनी र नुन किन्न साल्ट ट्रेडिङलाई फोन गर्नुपर्ने? यस्तो छ जिप्रका काठमाडौंको विज्ञप्ति

भोलिदेखि १ किलो चिनी र नुन किन्न साल्ट ट्रेडिङलाई फोन गर्नुपर्ने? यस्तो छ जिप्रका काठमाडौंको विज्ञप्ति

नेपालखबर
जेठ १३, २०७८ बिहिबार ९:२६,

सर्वसाधारणलाई पायकका खाद्यान्न पसल समेत बन्द गराएर जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा कडाइको नाममा अनावश्यक दुःख दिएको छ।

कोरोना संक्रमण बढेको भन्दै त्यसलाई रोक्न भोलिदेखि निषेधाज्ञामा थप कडाइ गर्न लागिएको हो।

तर दूध र तरकारीलगायत पसल बिहान ९ बजेसम्म खोल्न दिएको प्रशासनले अत्यावश्यक खाद्यान्न पसलचाहिँ १ हप्ता खोल्नै नपाउने निर्णय गरेको छ।

त्यसका लागि प्रशासनले यसअघि नै चाहिनेजति खाद्यान्न किनेर घरभित्रै बस्न भनेको छ। तर खाद्यान्न पसल बन्द गर्ने निर्णयको भने विरोध भइरहेको छ।

स्वास्थ्य मापदण्ड अपनाएर दैनिक अत्यावश्यक खाद्यान्न पसल निश्चित समयसम्म खोल्न दिनुपर्नेमा बन्द नै गर्ने भएपछि सर्वसाधारणले १ साता थप सास्ती भोग्नुपर्नेछ।

यद्यपि शुक्रबारबाट किराना पसल तथा डिपार्टमेन्टर स्टोर समेत बन्द हुने भएपछि अत्यावश्यक व्यवस्था गरिएको प्रशासनले विज्ञप्तिमार्फत जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«ेडिङ कर्पोरेसनले अत्यावश्यक सामग्री पु¥याउने दाबी गरेको छ।

जिल्ला प्रशासन कार्यालयले कोभिड १९ को बढ्दो संक्रमण नियन्त्रण प्रयोजन जारी निषेधाज्ञलाई थप प्रभावकारी बनाउन नयाँ व्यवस्था गरिएको दाबी गरेको हो।

दैनिक खाद्यान्न वस्तु खरिद गर्ने नाममा खाद्य, किराना र डिपार्टमेन्टल स्टोहरुमा भीडभाड हुने, सामाजिक दूरी कायम नगर्ने र संक्रमणको जोखिम बढ्दै जाने गुनासोले जेठ १४ देखि २० गतेसम्म कडाइ गरिएको जिल्ला प्रशासन कार्यालयले उल्लेख गरेको छ।

यसअघि कोरोनाको पहिलो लहरको बेला गरिएको लकडाउनमा समेत खाद्यान्न पसल निश्चित समय तोकेर खोल्न दिइएको थियो।

तर यसपटक भने लकडाउनको भन्दा पनि कडाइ गर्नलागेको हो। कडाइको नाममा अब सर्वसाधारणले १ किलो नुन र चिनी किन्न पनि साल्ट ट्रेडिङ या खाद्य व्यवस्था कम्पनीलाई फोन गरेर मगाउनुपर्नेछ।

jipraka urdi

कार्यालयले कतै खाद्यान्न वस्तुको अभाव भई खरिद गर्नुपर्ने अत्यावश्यक भएमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेर र साल्ट टे«डिङ कपोरेसन लिमिटेडका कर्मचारीलाई सिधा फोन गर्न सकिने उल्लेख गरेको छ।

तर यो झनै झन्झटिलो हुनेछ। घरपायकका पसलबाट खरिद गर्दा खासै भीड नबढ्ने अवस्थामा प्रशासनको यो कार्यले सर्वसाधारणलाई भने अप्ठ्यारो बनाउने निश्चित छ।

आवश्यक परिहालेमा खरिदका लागि प्रशासनले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्द ९८५१३२०३१४, विभागीय प्रमुख भीम बहादुर थापा ९८५११३६७८५ र प्रादेशिक प्रमुख ज्ञानु थापा ९८५११२१७८८ लाई सम्पर्क गर्न भनेको छ।

त्यसैगरी साल्ट टे«डिङ कर्पोरेसन लिमिटेडका उर्मिला श्रेष्ठ ९८५१०२२५६४, कुमार राजभण्डारी ९८५१०३३३०३, सवल रिजाल ९८५१११३६६० र प्रज्वल प्रधान ९८४१३३२९९० मा सिधै फोन गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमण घटिरहेको बेला प्रशासनले अनावश्यक कडाइ गरेको हो। खाद्यान्न पसल बन्द गर्ने कामको स्वास्थ्य क्षेत्रकै विज्ञहरुले समेत आलोचना गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad