कारोबार


आन्तरिक उडान सुचारु, विमानस्थलमा भीड

आन्तरिक उडान सुचारु, विमानस्थलमा भीड

नेपालखबर
असार १७, २०७८ बिहिबार ९:५५,

कोभिड–१९ महामारीका कारण बन्द भएको आन्तरिक हवाइ उडान आजबाट सुचारु भएको छ।

कोभिड–१९ महामारीको संक्रमणलाई ध्यान दिँदै सरकारले वैशाख १६ देखि निषेधाज्ञा जारी गरेसँगै वैशाख २० गतेदेखि आन्तरिक उडान बन्द गरेको थियो।

बिहीबारदेखि आन्तरिक उडान सुचारु भएको हो। आन्तरिक उडान खुलेसँगै देशका विभिन्न भेगबाट मानिसहरुलाई काठमाडौं आउन र काठमाडौं बाहिर जान सहज भएको छ । हवाई यात्रा मार्फत् विभिन्न ठाउँबाट काठमाडौं उत्रिएका यात्रुहरुले फेसशिल्ड, मास्क र सेनिटाइजर लगायतको व्यवस्थासहित सुरक्षित तवरले विमानस्थल उत्रिएको प्रतिक्रिया दिएका छन्।

उडान खुलेको पहिलो दिन विमानस्थलमा भीडभाड बढेको देखिएको छ। स्वास्थ्य सावधानी अपनाउन यात्रुबीच भौतिक दूरीको पालना गराउन सकिएन भने कोरोना संक्रमणको जोखिम बढ्ने देखिन्छ। वर्षाको समयमा स्थलयात्रा गर्नका लागि सडकहरुमा बाढी, पहिरो र दुर्घटनाको जोखिम बढ्ने कारणले यात्रुहरुको रोजाई हवाई मार्ग हुने गरेको छ।

आज पहिलो दिनदेखि नै आन्तरिक टर्मिनल भवनमा यात्रुहरुको चाप अत्याधिक रहेको छ। काठमाडौंमा यातायातको साधन जोरविजोर प्रणालीमा खुलेर मानिसहरुलाई आवतजावतमा रोक नलगाइँदा विमानस्थलमा मानिसलाई लिन जाने र पुर्‍याउन जानेहरुलाई असहज भएको छ। कोरोना संक्रमणबाट जोगिनका लागि विमानस्थलमा पनि जनस्वास्थ्यको कडा मापदण्ड परिपालना गराउनुपर्ने देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .