आर्थिक पत्रकार समाज नेपाल ९सेजन०को अध्यक्षमा भीमप्रसाद गौतम निर्वाचित भएका छन्।
शनिबार भएको निर्वाचनमा गौतमले अध्यक्षका अर्का प्रत्यासी मोदनाथ ढकाललाई १० मतले पराजित गरे।
२३३ मत खसेकोमा गौतमले १२० र ढकालले ११० मत प्राप्त गरे।
त्यस्तै महासचिवमा सुजन ओली निर्वाचित भएका छन्। ओलीले अर्का प्रत्यासी अच्युत पौडेललाई ४० मतले पराजित गरे। ओलीले १३५ र पौडेलले ९५ मत ल्याए।
त्यस्तै उपाध्यक्षमा सरस्वती ढकाल गोलाप्रथामार्फत निर्वाचित भइन्। प्रत्यासी ढकाल र विष्णु बेलबासेको ८३–८३ बराबर मत आएपछि गोलाप्रथा गरिएको थियो। उपाध्यक्षका अर्का प्रत्यासी अनुज ढुंगेलले ६७ मत ल्याएका थिए।
त्यस्तै, सचिव पदमा कृष्ण रिजालले ९७ मत ल्याएर निर्वाचित भएका छन्। प्रत्यासी राजु चौधरीले ६५ र सागर घिमिरेले ७२ मत ल्याए।
सदस्यमा विनय बञ्जारा (१७०), मुना कुँवर (१५२), सुजन ढुंगाना (१४८), हिमा विक (१३५) र कमला अर्यालले (१०७) मत ल्याएर विजयी भएका छन्।

प्रतिक्रिया