कारोबार


अमेरिकी सामानमा कर छुट भएपछि चिनियाँ सामानका कर रोके ट्रम्पले

अमेरिकी सामानमा कर छुट भएपछि चिनियाँ सामानका कर रोके ट्रम्पले

नेपालखबर
भदौ २६, २०७६ बिहिबार ६:३१,

ट्रम्पले चीनका २५० अर्ब अमेरिकी डलरका सामाग्रीमा २५  देखि ३० प्रतिशत बढाउने भनेको कर रोकेका हुन्। ट्रम्पले ट्वीट गर्दै आफूले चीनमाथि लगाउने भनेको कर २ हप्ताको लागि रोकेको जनाएका छन्।

ट्रम्पका अनुसार चीनले कर रोक्न आग्रह गरेपछि उनले कर बढाउने निर्णय रोकिदिएका हुन्। चीनले बुधबारमात्र अमेरिकाका १६ सामाग्रीमा लाग्ने भनेको करमा छुट गरिदिएको थियो।

चीनको उक्त कार्य पश्चात अमेरिकाले बिहीबार कर तत्कालका लागि रोकेको हो।

दुबै देशबीच एक वर्षभन्दा बढी समयदेखि जारी व्यापार वार्तामा सहमति नभएपछि दुबै मुलुकले एकअर्काका अर्बौं डलर बराबरका सामानमा करवृद्धि गरिरहेका छन्।

विश्व व्यापार र विश्व अर्थतन्त्रमै प्रभाव सिर्जना गरिरहेको यस व्यापार युद्धले विश्व बजारमा त्रासको वातावरण सिर्जना गरेको छ।

दुबै देशबीच अर्को महिना व्यापार वार्ता हुँदैछ। सोही वार्ता सफल बनाउने उद्देश्यका साथ दुवैले करको विषयमा संयमता अपनाएको अनुमान गरिएको छ।

 सन् २०१८ यता जारी व्यापार युद्ध अन्त्य गर्नका लागि दुवै देशबीच व्यापार वार्ता जारी छ। यद्यपी व्यापार सम्झौता हुन सकेको छैन।

सम्झौता हुन नसकेपछि राष्ट्रपति ट्रम्पले गतसाता सन् २०१९ को अन्त्यसम्ममा सबै चिनियाँ सामानमा कर वृद्धि गर्ने घोषणा गरेका थिए।

अमेरिकातर्फ निकासी हुने कूल ५४० अर्ब बराबरका चिनियाँ सामानमा यसै वर्षको अन्त्यसम्ममा कर वृद्धि हुने जनाइएको छ।

ट्रम्पको घोषणापछि बेइजिङले पनि अमेरिकी सामानमा कर वृद्धि गरेको थियो। सेप्टेम्बर १ देखि लागू हुनेगरी चीनले ७५ अर्ब अमेरिकी डलर बराबरका अमेरिकी सामानमा कर बढाउने घोषणा गरेको थियो। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad