कारोबार


सिमेन्ट उत्पादक संघको अध्यक्षमा ध्रुबराज थापा

सिमेन्ट उत्पादक संघको अध्यक्षमा ध्रुबराज थापा

नेपालखबर
असोज २, २०७६ बिहिबार १०:५८,

नेपाल सिमेन्ट उत्पादक संघमा पुनः ध्रुबराज थापा चयन भएका छन्। संघले बिहीबार नयाँ कार्यसमिति चयन गरेको हो।

कार्यसमितिमा अधिकांश निर्विरोध चयन भएका छन्। १६औँ साधारणसभाले नयाँ नेतृत्व चयन गर्न नसकेपछि कार्यसमिति चयनलाई स्थगित गरिएको थियो। अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालक पशुपति मुरारका पनि अध्यक्षका दावेदार रहेका थिए। तर उनी माथि सहमति नजुटेपछि पुनः धुब्र थापा नै अध्यक्ष चयन भएका हुन्।

संघको उपाध्यक्षमा ताराप्रसाद पोखरेल चयन भएका छन्। उनी अग्नि सिमेन्टका संचालक हुन्। संघको महासचिवमा विशाल सिमेन्टका जयन्द चुडाल निर्वाचित भएका छन्।

संघको सदस्यमा युनाईटेड सिमेन्टका विकास दुगड, एमजेपी सिमेन्टका राजेन्द्र भट्टराई, ईन्टरनेशनल सिमेन्टका राजनकुमार झा, केपी सिमेन्टका केशवप्रसाद उप्रेती र शिवम् सिमेन्टका सुरेन्द्र गोयल चयन भएका संघले जनाकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad