विश्व मुटु दिवस २०१९ का अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटलको मुटुरोग विभागले मुटुरोगीहरुका लागि बिशेष प्रशिक्षण दिन लागेको जनाएको छ।
मुटुरोगीको खानपिन, व्यायाम, औषधोपचार, उच्च रक्तचापको नियन्त्रण र आवश्यक विविध प्राथमिक उपचारका बारेमा उपयोगी एवम् जानकारीमुलक कार्यक्रमको आयोजना गर्न लागेकोले हो।
आउँदो शनिबार विहान ८ः०० बजेदेखि १०ः०० बजेसम्म नर्भिक हस्पिटलको बहिरङ्ग कक्षमा सञ्चालन गरिनेछ।
तालिम प्रदायक टोलीमा बरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा यादवदेव भट्ट, चिकित्सक तथा मुटुरोग विशेषज्ञ डा. जेपी जयसवाल, मुटुरोग विशेषज्ञहरु डा. नग्मा श्रेष्ठ, डा. सन्तोषलाल श्रेष्ठ र डा. राजिव श्रेष्ठ रहेका छन्। इच्छुक व्यक्तिहरुले सम्पर्क गरी कार्यक्रममा भाग लिन सकिने हस्पिटलले जनाएको छ।

प्रतिक्रिया