निउको नेपालमा अधिकृत बिक्रेता रहेको इको इन्फिनिटीले निउ यूक्युआईजीटी विद्युतीय स्कुटर नेपालमा सार्वजनिक गरेको छ।
कम्पनीले दराज कायमु प्रालिमा ७ गतेदेखि बिक्रीवितरणका लागि उपलब्ध भएको जानकारी दिएको हो।
यसको सुरुवाती मूल्य दुई लाख ५५ हजार पर्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यसमा १२ सय वाटको मोटर, ४८भी३१एएच क्षमताको लिथियम आयन ब्याट्री रहेको छ। यो स्कुटर एकपटकको चार्जमा ७०–८० किमि गुड्न सक्छ। यसको उच्च गति ४५ किमि प्रतिघण्टा रहेको छ।
सात घण्टामा पूर्ण चार्ज हुने स्कटरको अगाडि र पछाडिको ट्युबरहित पांग्रा १४ इन्च रहेको छ।
रिजेनेरेटिभ ब्रेकिङ प्रणालीयुक्त यो स्कुटर रातो, सेतो, खैरो, नीलो र कालो रंगमा उपलब्ध रहेको कम्पनीले उल्लेख गरेको छ।
रोबस्ट र लार्जर फ्रेम डिजाइनमा रहेको यो स्कुटरले राइडिङ कन्फिडेन्स दिने कम्पनीको दाबी छ। चौथो पुस्ताको निउ इनर्जी लिथियम ब्याट्री र मोटरले यूक्युआईजीटीलाई शक्तिशाली साबित गरेको छ।
नेपाली बजारमा यो स्कुटर लोकप्रिय हुने कम्पनीको आशा छ।
Shares

प्रतिक्रिया