ad ad

कारोबार


कास्कीको लेखनाथमा सडक सुरक्षासम्बन्धी प्रदेशस्तरीय कार्यक्रम

कास्कीको लेखनाथमा सडक सुरक्षासम्बन्धी प्रदेशस्तरीय कार्यक्रम

नेपालखबर
चैत १९, २०७९ आइतबार १६:२७, काठमाडौँ

कास्कीको लेखनाथमा सडक सुरक्षासम्बन्धी प्रदेशस्तरीय कार्यक्रम आयोजना गरिएको छ। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको ‘नेशनल रोड सेफटी काउन्सिल नेपाल’को आयोजना, नासा नेपालको संयोजन तथा नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपालको सहकार्यमा कार्यक्रम गरिएको हो। 

सडक सुरक्षासम्बन्धी प्रदेशस्तरीय जनचेतनामूलक कार्यक्रमको अन्तिम कार्यक्रम १८ गते लेखनाथ उद्योग वाणिज्य संघ, पोखरामा सम्पन्न भएको आयोजकले जनाएको छ। 

गण्डकी प्रदेशका पेशागत, व्यवसायिक तथा सामाजिक क्षेत्रका ८० बढीकोे सहभागिता रहेको सो कार्यक्रममा प्रदेशकै पूर्वाधार निति, कार्यक्रम तथा सुरक्षीत यातायातको लागी विभिन्न कार्यपत्रहरुमा छलफल भएको थियो ।

 

कार्यक्रमको पहिलो सत्रमा अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेशनका सदस्य गोविन्द भट्टराईले आजका यातायात क्षेत्रका मुख्य एजेन्डा, नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका वरिष्ठ डिभिजनल इन्जिनियर, सुरेश श्रेष्ठले  सडक सुरक्षा दशक २०२१—३० को बारेमा र नेपाल उद्योग वाणिज्य महासंघका बोर्ड सदस्यले बाबुराम गिरिले सडक सुरक्षामा पेशागत र व्यावसायिक क्षेत्रको भूमिकाको बारेमा प्रस्तुतीकरण दिएका थिए। 

दोस्रो सत्रमा यातायात व्यवस्था विभागका निर्देशक रामचन्द्र पौडेलले सडक सुरक्षा दशक २०२१-३०का महत्वपूर्ण पिल्लरहरु, अटोमोबाइल इन्जिनियर सुयोग खनालले मोटरसाइकलिङ्ग सेफ्टी र सुरक्षीत हेल्मेटको विषयमा र प्रस्तुतीकरण दिएका थिए। 

कार्यक्रममा गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तुलसीराम भट्टराईले सडक सुरक्षाको लागी मन्त्रालयको धारणा राखेका थिए। 

आर्थिक आवाजका सुरेन्द्र पौडेलले सडक सुरक्षाको निम्ति शैक्षिक संस्थाको पनि महत्वपूर्ण भूमिका रहने बताए। साथै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्र धर आत्रेयाले सडक सुरक्षाको निम्ति सबैको सहकार्य अपरिहार्य रहेको बताए।

कार्यक्रममा ई ब्रिजेन्द्र के. सी र सुमन भट्टराई लगायतका वक्ताले आफ्नो धारणा राखेका थिए भने अन्त्यमा दिगो सडक र सुरक्षित यातायातको लागि बाबुराम गिरीको संयोजकतोमा गण्डकी प्रदेश एलाएन्स को १० सदस्यीय कार्यसमुह गठन गरियो। जसमा ई ब्रिजेन्द्र के.सी., सुमन भट्टराई, डा. मान बहादुर गुरुङ्ग, सुरेन्द्र त्रिपाठी, कविराज खनाल, सुरेन्द्र पौडेल, ई प्रवेश पौडेल, मोहन आचार्य र राधा तामाङ्ग पनि छन्।

प्रदेशका पेशागत व्यावसायिक तथा कल्याणकारी संघ संस्थाहरु र विज्ञहरुको सो बृहत् सम्मेलनले प्रदेश स्तरीय रोड सेफ्टी एक्सन प्लान निर्माण गर्ने, सार्वजनिक यातायातको सुधार, सुरक्षित तथा डबल हेल्मेटको प्रयोग, प्रदेश रोड सेफ्टी काउन्सिल गठन, साइकल र पैदल यात्रु तथा ह्विलचियर युजर सुरक्षा, विद्यालय क्षेत्र सुरक्षित कार्यक्रम, स्पिड कन्ट्रोल र स्पिडिङसम्बन्धी नीति, बसको गुणस्तरको चेकजाँच र घाइतेको समयमै उद्धार उपचार र पुनर्स्थापना गर्ने निर्णय गरिएको छ। 

नासा नेपालका कोषाध्यक्ष धान्यमणि नेपालले लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्र धर आत्रेयालाई सुरक्षित हेल्मेट प्रदान गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .