चालू आर्थिक वर्षको १० महिनामा १ लाख १० हजार मोटरसाइकल आयात भएका छन्। यसमध्ये नेपालमै एसेम्बल हुने धेरै छन्।
भन्सार विभागको तथ्यांकअनुसार अन एसेम्बल अवस्थाका ६३ हजार १६३ आयात भएका हुन्।
४७ हजार ४२५ तयारी अवस्थाका मोटरसाइकल आयात भएका छन्। विद्युतीय स्कुटर ५ हजार ८८८ आयात भएका छन्।
सरकारले नेपालमा एसेम्बल हुने मोटरसाइकल तथा स्कुटरको अन्त:शुल्कमा ५० प्रतिशत छुट दिएको छ।
नेपालमा बजाज, टिभिएस, यामाहा, हिरो, रोयल इन्फिल्ड लगायतका ब्रान्ड नेपालमै एसेम्बल हुन थालेका छन्। होन्डा, सुजुकीले २ पांग्रे छिट्टै बजारमा ल्याउने तयारीमा रहेका छन्।
54
Shares
प्रतिक्रिया