कारोबार


गिनिज वर्ल्ड रेकर्डमा हुन्डाई आयोनिक ५ को कीर्तिमान, ५८०२ मिटर उचाइमा पुग्यो

गिनिज वर्ल्ड रेकर्डमा हुन्डाई आयोनिक ५ को कीर्तिमान, ५८०२ मिटर उचाइमा पुग्यो

नेपालखबर
पुस १२, २०८१ शुक्रबार १२:५३, काठमाडौँ

हुन्डाई मोटर कम्पनीको आयोनिक ५ ले चर्चित गिनिज वर्ल्ड रेकर्डमा सबैभन्दा उचाइमा पुग्ने विद्युतीय कारको कीर्तिमान प्रयासमा सहभागी भएको छ। 

कम्पनीका अनुसार हुन्डाई मोटर इन्डिया लिमिटेडले ५ हजार ८०२ मिटरको उचाइमा आयोनिक ५ पुर्‍याएर यो कीर्तिमान कायम गरेको हो। 

उक्त यात्रा भारतको लि लद्दाखस्थित उम्लिङको सवारी चलाउन सकिने उच्च विन्दुबाट सुरु भएको थियो ।

जुन समुद्री सतहदेखि ५ हजार ७९९ मिटर उचाइमा छ। त्यहाँबाट सुरु भई केरलाको कुत्तानादमा गएर सकिएको थियो। जुन समुद्री सतहदेखि ३ मिटरभन्दा कम छ। 

१४ दिनमा यो यात्रा सम्पन्न भएको थियो भने यसले ४ हजार ९ सय किमिको दूरी समेटेको थियो। योसँगै हुन्डाई आयोनिक ५ ले इमोबिलिटीमा बेन्चमार्क कायम गरेको कम्पनीको दाबी छ।

प्रतिकूल वातावरणमा पनि अनवरत रुपमा चलेको, एकदमै चिसो तापक्रमदेखि पर्वतीय क्षेत्र र केरलामा समुद्री तटीय क्षेत्रमा आयोनिक ५ ले उत्कृष्ट प्रस्तुति दिएको कम्पनीको भनाइ छ। यसले गाडीको उन्नत प्रविधि र उत्कृष्ट प्रस्तुतिलाई देखाउने कम्पनीले जनाएको छ। 

आयोनिक ५ स्टेट अफ द आर्ट इलेक्ट्रिक ग्लोबल मोडुलर प्लेटफर्ममा विकसित ईभी हो। यसमा उन्नत डिजाइन छ।

गाडीमा उच्च क्षमताका ७२.६ केडब्लुएच ब्याट्री छ भने यसको ड्राइभिङ रेन्ज, सुरक्षा फिचर र पछिल्ला स्मार्ट प्रविधिले ग्राहकलाई फरक ड्राइभिङ अनुभूति दिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad