कारोबार


बीवाईडी हाई टेक विक : सोकेस गरिए नेपाली सडकमा नगुडेका यी ५ नयाँ मोडल

बीवाईडी हाई टेक विक : सोकेस गरिए नेपाली सडकमा नगुडेका यी ५ नयाँ मोडल

नेपालखबर
फागुन १४, २०८१ बुधबार १६:१८, काठमाडौँ

साइमेक्स इंकले बीवाईडी ‘हाई टेक विक’ सुरु गरेको छ। आफ्नो प्रविधि र नयाँ मोडलसहित ‘हाईटेक विक’ सुरु गरेको हो। 

फागुन १४ देखि १८ गतेसम्म चल्ने विक काठमाडौंको नयाँ बानेश्वरमा सुरु भएको छ। हालसम्म नेपालमा सार्वजनिक नभएका ५ गाडी राखेको छ। जुन नेपालमा भएका गाडीको तुलनामा नयाँ प्रविधिसहितका छन्। 

बीवाईडीले ब्लेड ब्याट्री टेक्नोलोजी, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, ई–प्लेटफर्म ३.०, ड्युअल मोड अफरोड (डीएमओ), एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस), इन–कार एआई इनोभेसन लगायतका अत्याधुनिक प्रविधिको बारेमा जानकारी पाइन्छ। 

बीवाईडीका पछिल्ला मोडल र आगामी दिनमा उपलब्ध हुने मोडलको प्रत्यक्ष अनुभव गर्न सकिन्छ। हाइटेक मेलामा लक्जरियर्स गाडी डेन्जा डी ९, शार्क ६, जेट ९ जीटी, बायो ५, यु८ गाडी सोकेसमा राखेको छ। यी मध्ये पिकअप सेगमेन्टको डेन्जा डी ९ र लक्जरी शार्क ६ छिट्टै नेपाल आउने साइमेक्स इंकले जनाएको छ। 

स्मार्ट मोबिलिटीको भविष्यको झलक देखाउने गरी रियल–टाइम टेक्नोलोजी डेमोको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ। 

‘नेपालमा विद्युतीय गाडीलाई प्रवर्द्धन गर्न र बीवाईडीमा प्रयोग भएको प्रविधि देखाउनेगरी कार्यक्रम सुरु गरेका हौँ’, साइमेक्स इंककी प्रवन्ध निर्देशक यमुना श्रेष्ठले भनिन्, ‘ग्लोबल वार्मिङ बढीरहेको समयमा विद्युतीय गाडीको प्रयोग बढाएर हाम्रा हिमालको हिउँ जोगाउन मद्दत पुर्‍याउनुपर्छ।’

साइमेक्स इंकले ब्याट्री प्यानिट्रेसन, आफ्नो प्लेटफर्मबारे समेत जानकारी दिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad