लिप मोटरको दोस्रो मोडल नेपालमा सार्वजनिक भएको छ।
सांग्रिला मोटर्सले हचब्याग सेगमेन्टमा टी ०३ मोडल सार्वजनिक गरेको हो।
७० किलोवाट मोटर पावर भएको गाडीले १५८ टर्क जेनेरेट गर्छ। ३७.३ किलोवाटको ब्याट्री रहेको गाडीले अधिकतम ३९५ किमिसम्म रेन्ज दिन्छ।
७१ किलोवाट मोटरमा २८ लाख ९९ हजार रूपैयाँ तोकिएको छ। गाडी ३६२० एमएम लम्बाइ, १५७७ एमएम चौडाइ र १६५२ एमएम उचाइमा छ भने यसको ह्विलबेस २४०० एमएम छ।
गाडीको टप स्पिड १३० किलोमिटर प्रतिघण्टा छ। गाडीले ४५ किलोवाटको डीसी फास्ट चार्जर समेत सपोर्ट गर्छ।

सेफ्टी फिचर्समा ८ वटा एयरब्याग छन् भने एडास, इलेक्ट्रिक पार्किङ ब्रेकलगायतका छन्।
४ सिटे गाडीको ग्राउन्ड क्लियरेन्स १६० एमएम छ।
सांग्रिला माेटर्सका हेमन्त अग्रवालले पहिलो मोडल सी १० सार्वजनिक गरेकोमा लिड गरेको बताउँछन्।

Shares

प्रतिक्रिया