कारोबार


म्याक्सस माइफा ७ ईभी नाइमा मोबिलिटी शोमा सार्वजनिक हुने

म्याक्सस माइफा ७ ईभी नाइमा मोबिलिटी शोमा सार्वजनिक हुने

नेपालखबर
साउन ७, २०८२ बुधबार १९:२७, काठमाडौँ

यही साउन २१ देखि २५ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने नाइमा मोबिलिटी शोमा म्याक्सस माइफा ७ एमपीभी विद्युतीय कार सार्वजनिक हुने भएको छ। 

चीनको साइक मोटर ग्रुपअन्तर्गतको म्याक्सस ब्रान्डको यो गाडी अत्यन्त सुविधायुक्त प्रिमियम गाडी मानिन्छ। 

केही समयअघि यही म्याक्सस ब्रान्डकै इटेरन९ विद्युतीय लक्जरी फोरह्विल पिकअप समेत नेपालको मनाङ जिल्लामा लगेर सार्वजनिक गरिएको थियो। 

सात सिट क्षमताको यो लक्जरी एमपीभीलाई म्याक्ससको नेपालका लागि आधिकारिक वितरक हिमालय मोट्रक्सले भित्र्याउन लागेको हो। 

हिमालयन मोट्रक्स हिमालय अर्गनाइजेसनअन्तर्गतको कम्पनी हो। जुन अर्गनाइजेसन विगत ३० वर्षदेखि नै नेपालमा विभिन्न ब्रान्डका सवारीसाधनहरू आयात तथा बिक्री वितरण गर्दै आइरहेको छ। 

अर्गनाइजेसनका प्रबन्ध निर्देशक सौरव थापाका अनुसार यो माइफा७ नेपालमा प्रिमियम कार चढ्नेहरूको लागि अत्यन्त उपयुक्त हुने बताएका छन्।

९० किलोवाट आवर ब्याट्री क्षमता रहेको म्याक्सस माइफा७ ले डीसी फास्ट चार्जर सर्पोट गर्नेछ। ३० मिनेटमा नै ३० देखि ८० प्रतिशतसम्म चार्ज हुने भनिएको यस मल्टी–प्रपोज भेहिकलमा इलेक्ट्रिक स्लाइडिङ ढोका, एईबी, ब्लाइन्ड स्पट मोनिटरिङ, ३६० डिग्री क्यामेरा, लेन–कीप असिस्ट, स्वचालित इमर्जेन्सी ब्रेकिङ, अडप्टिभ क्रुज कन्ट्रोल जस्ता सुरक्षा फिचर्सका साथै यो गाडीले युरो एनक्याप, सीएनक्याप, ए एनक्यापमा ५ स्टार रेटिङ पाएको छ। 

यस गाडीको ९० केडब्लुएचको उच्च क्षमताको ब्याट्रीले ६३५ किमिसम्मको उच्चतम दूरी  तय गर्ने क्षमता राख्ने जनाइएको छ। प्रिमियम डुयल १२.३ इन्च डिजिटल डिस्प्लेका साथै अड्वान्स्ड मल्टिमिडिया सिस्टम, ठूलो साइजको प्यानोरामिक सनरूफ,हाई-परफर्मेन्स १८० केडब्लु इलेक्ट्रिक मोटर (३५० एनएम टर्क), मसाज सिट समेत यस गाडीको विशेषता छ। 

८ वर्ष वा दुई लाख किमि ब्याट्रीमा तथा ५ वर्ष वा १ लाख किमि मोटर वारेन्टी भएको यो  म्याक्सस माइफा७ इलेक्ट्रिक एमपीभीले लक्जरी र आरामको नयाँ मानक स्थापित गर्दै विश्वस्तरीय डिजाइन, हाइ-टेक फिचरहरूका साथ असाधारण सुविधाहरूको संयोजन गरेर परिवार र व्यवसायिक यात्राको लागि अद्वितीय अनुभव प्रदान गर्ने दाबी कम्पनीको रहेको छ। 

थापाका अनुसार यो एक सवारी साधन मात्र होइन, प्रिमियम लाइफस्टाइल स्टेटमेन्ट पनि हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad