कारोबार


नाइमा मोबिलीटी एक्स्पोमा सनलङका २ माइक्रोभ्यान सार्वजनिक हुने

नाइमा मोबिलीटी एक्स्पोमा सनलङका २ माइक्रोभ्यान सार्वजनिक हुने

नेपालखबर
साउन १५, २०८२ बिहिबार १३:३६, काठमाडौँ

यही साउन २१ गतेदेखि आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ चिनियाँ कमर्सियल भेहिकल ब्राण्ड सनलोङका दुई इलेक्ट्रिक माइक्रोभ्यान सार्वजनिक हुने भएका छन्।  

वेबर ग्रुपअन्तर्गतको ब्लू कर्पोरेसन प्रालिले सनलङको १२ र १३ सिटे माइक्रोभ्यान लन्च गर्ने भएको हो।

कम्पनीले नेपाल ल्याएका यू वान र यू टु इलेक्ट्रिक माइक्रोभ्यानहरूमा क्रमशः ४६.३६ र ५०.२३ किलोवाट अवारको ब्याट्री प्याक रहेको छ । ८० किलोवाटको मोटर रहेको यी भ्यानहरूको रेन्ज क्रमशः ३२५ र ३५० किलोमिटरको रहेको छ । 

१५ इन्चको ह्वील रहेको सनलङको माइक्रोभ्यानमा १८० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ । 

सनलङको यो माइक्रोेभ्यानमा एलसीडी ड्यासबोर्ड, यूएसबी चार्जिङ इन्टरफेस, एयर कण्डिसन, प्रेडेस्ट्रियन वार्निङ सिस्टम, रिभर्स पार्किङ सेन्सर, रिभर्स क्यामरा, फ्रन्ट पावर विण्डो लगायत फिचर छन् । 

सुरक्षाका लागि यी भ्यानहरूमा एबीएस, ईबीडी, ईपीएस, ईएससी ब्रेक असिस्ट, फ्रन्ट डिस्क रियर ड्रम ब्रेकिङ सिस्टम, सिटबेल्ट वार्निङ आदि फिचर रहेको छ । 

कम्पनीले यी इलेक्ट्रीक भ्यानसँग ३.३ पिकलोवाटको पोर्टेबल र ६.६ किलोवाटको वाल माउण्टेड चार्जर दिने जनाएको छ । 
ब्लू कर्पोरेशनले १२ सिटे सनलङ यू वानको मूल्य ४७ लाख ४७ हजार र १३ सिटे यू टुको मूल्य ५१ लाख ५१ हजार रुपैयाँ तोकेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad