नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा नयाँ गाडी सार्वजनिक गरेको छैन।
यसका बाबजुद कम्पनीले एक्स्पो अवलोकन गर्न आउनेको ध्यान भने खिचिरहेको छ। अवलोकनकर्ताहरुबाट रुचि, चासो र माया एकसाथ पाइरहेको छ।
भृकुटीमण्डपमा जारी एक्स्पोमा कोरियन ब्रान्ड हुन्डाईले नाइमा आईस र ईभी दुवै प्रकारको ५ गाडी राखेको छ। जसमा दुई ईभी र तीन आईस छन्। ईभीमा आयोनिक ६ र क्रेटा ईभी तथा आइसमा क्रेटा, ग्रान्ड आई१० नियोस र भेन्यु छ।
ग्रान्ड आई१० नियोसको सुरुवाती मूल्य ३२ लाख ९६ हजार रुपैयाँ, भेन्यूको ४१ लाख ९६ हजार रुपैयाँ, क्रेटा ५४ लाख रुपैयाँ ९६ हजार रुपैयाँ तोकिएको छ । क्रेटा ईभीको ५१ लाख ९६ हजार रुपैयाँ र आयोनिक ५ को सुरुवाती मूल्य ९२ लाख ९६ हजार रुपैयाँ तोकिएको छ।
एक्स्पोमा नयाँ गाडी नहुँदा पनि हुन्डाईले अवलोकनकर्ताको माया भने पाइरहेको छ।
हुन्डाई नेपाली उपभोक्ताले रुचाएको ब्रान्डमध्ये एक भएको लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर दीपक थपलियाले बताए।
‘हुन्डाईको स्टलमा अवलोकनकर्ताको उत्साजक सहभागिता छ। गाडी किन्ने योजनामा रहनु भएका दुई सय जनाभन्दा बढीले दैनिक अवलोकन गरिरहनुभएको छ’, थपलियाले भने।
विगतका अटो एक्स्पोभन्दा पनि यस पटक बुकिङ लिनेको संख्या उल्लेखनीय रुपमा बढेको उनी बताउँछन्।
उपभोक्तालाई कम्पनीले विभिन्न आकर्षक नगद छुट तथा विशेष लाभ प्रदान गरिहरको छ। यो योजना नाइमा एक्स्पोभर लागू हुने कम्पनीले जनाएको छ।
यस योजनाअन्तर्गत उपभोक्ताले हुन्डाईका गाडी किन्दा ८ लाख रुपैयाँसम्मको नगद छुट, एक वर्षको निःशुल्क बिमा, नाइमा विशेष छुट प्रदान गरिरहेको छ। सबै हुन्डाई गाडीमा तीन वर्षको वारेन्टी पनि उपलब्ध छ।
यस्तै ‘हुन्डाई असम अगस्ट’ योजनाको बम्पर पुरस्कारका रुप्मा एक जोडीलाई भियतनाम भ्रमण छ। विजेता जोडीले तीन रात चार दिनको खर्च कम्पनीले बेहोर्ने जनाएको छ। नाइमामा हुन्डाई गाडी किन्ने उपभोक्ता यो लक्की ड्रमा स्वतः सहभागी हुने कम्पनीले जानकारी दिएको छ।
तस्बिरहरू






प्रतिक्रिया