चिनियाँ ब्रान्ड जिलीको नयाँ गाडी ‘ग्यालेक्सी ईएक्स५’ नेपाल भित्रिएको छ।
ग्यालेक्सी ईएक्स एलआरआर मोटर्सले नेपाली बजारमा उक्त गाडी ल्याएको हो।
यसलाई आगामी भदौ ३ गतेदेखि आयोजना हुने १७औँ नाडा अटो शोमा सार्वजनिक गर्ने कम्पनीले जनाएको छ।
ग्यालेक्सी ईएक्स५ दुई भेरियन्ट प्रो र म्याक्समा नेपाली बजारमा भित्र्याइएको छ। हाल यी दुई ईभीको टेस्ट्र ड्राइभ तथा रिभ्यु भइरहेको कम्पनीले जानकारी दिएको छ।
ग्लोबल इन्टेलिजेन्ट न्यू इनर्जी आर्किटेक्चर (जीईए) प्लेटफर्ममा निर्मित कम्प्याक्ट क्रसओभर एसयूभी २०२४ मेमा अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक भएको थियो। यसलाई बीवाई अट्टो ३ को प्रतिस्पर्धीको रुपमा चिनियाँ बजारमा ल्याइएको हो। ग्यालेक्सी ईएक्स५ नर्वे, अस्ट्रेलिया, थाइल्याण्ड, इन्डोनेसिया लगायत अन्तर्राष्ट्रिय बजारमा उपस्थिति जनाइसकेको छ।
प्रोमा ४९.५२ किलोेवाट आवर र म्याक्स ६०.२२ किलोवाट आवरको लिथियम आइरन फोस्पेड ब्लेड ब्याट्री दिइएको छ।
१६० किलोवाट आवरको मोटरले ३२० एनएम अधिकतम टर्क प्रदान गर्छ। प्रोले ४४० किलोमिटर र म्याक्सले ५३० किलोमिटर सीएलटीसी रेन्ज प्रदान गर्ने दाबी गरिएको छ। ईभीले ६.९ सेकेन्डमा ० देखि १०० किलोमिटरको गति लिने कम्पनीले जनाएको छ।
Shares

प्रतिक्रिया