कारोबार


पोखरामा बीवाईडीको नयाँ शोरूम, सार्वजनिक भयो बीवाईडी सिलायन ७

पोखरामा बीवाईडीको नयाँ शोरूम, सार्वजनिक भयो बीवाईडी सिलायन ७

नेपालखबर
भदौ १, २०८२ आइतबार १७:१८, काठमाडौँ

नेपालमा बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले पश्चिमी क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाएको छ। 

पोखरामा नयाँ बीवाईडी शोरूम सञ्चालनमा ल्याउँदै कम्पनीले गण्डकी प्रदेशमा बीवाईडीको नवीनतम इलेक्ट्रिक सवारी साधन ‘बीवाईडी सिलायन ७’ सार्वजनिक गरेको हो।

शोरुम उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरेका थिए। बुद्धचोक, पोखरामा अवस्थित नयाँ शोरूमलाई बीवाईडीको नवीनतम कर्पोरेट आइडेन्टिटी/भिजुअल आइडेन्टिटी मापदण्डअनुसार पूर्ण रूपमा अपडेट गरिएको छ। 

यसले कुल १२ हजार ८४५ वर्ग फिट क्षेत्रमा व्यापक थ्रीएस (सेल्स, सर्भिस र स्पेयर) सुविधा प्रदान गर्दछ, जसले ग्राहकहरूलाई  एकै स्थानमा सबै सेवा प्राप्त गर्ने अनुभव उपलब्ध गराउछ । शोरूमको ठीक पछाडि निर्माण भैरहेको  अत्याधुनिक सर्भिस सेन्टरले बिक्री पछिको सेवा प्रणालीलाई थप प्रभावकारी बनाउने कम्पनीको भनाइ छ। यसले बीवाईडीको विश्वव्यापी सेवा उत्कृष्टता मापदण्डसँग पूर्ण रूपमा मेल खाने सुनिश्चित गर्दछ।

साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले भने, ‘पोखरा हाम्रो दीर्घकालीन व्यापार नीतिको प्रमुख बजार हो। नयाँ शोरूम र प्रिमियम गुणस्तरका उत्पादनहरूको सुरुवात गरेर हामी ग्राहकहरूलाई उत्कृष्ट सेवा दिने हाम्रो प्रतिबद्धता पुनः दोहोर्याउँदै छौँ।’ 

बीवाईडी सिलायन ७ ले हाम्रो अत्याधुनिक प्रविधि र नेपालमा दिगो यातायाततर्फको रूपान्तरणलाई अगाडि बढाउने कम्पनीको मिसनको प्रतिनिधित्व गर्ने उनले बताए।

पोखरामा रहेका सम्पूर्ण बीवाईडी सर्भिसमा संलग्न कर्मचारीहरुले बीवाईडी हेडक्वाटरका प्रतिनिधिहरुबाट तालिमप्राप्त गरी आधिकारिक प्रमाणपत्र हासिल गरिसकेका छन्, जसले ग्राहकहरूलाई प्रत्येक चरणमा उत्कृष्ट सेवा प्रदान गर्नेछ।

यस विस्तारका साथै, साइमेक्सले पोखरामा आफ्नो संचालनलाई मात्र नभई गण्डकी प्रदेशका ग्राहकहरूलाई नवीनतम इलेक्ट्रिक सवारी साधनहरू नजिक पुर्याउँदै नेपालको इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा बीवाईडीको नेतृत्वलाई अझ बलियो बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad