कारोबार


नेपालमा सार्वजनिक भयो दिपलको ट्रान्सफर्मर एक्स

नेपालमा सार्वजनिक भयो दिपलको ट्रान्सफर्मर एक्स

नेपालखबर
माघ २, २०८२ शुक्रबार १७:३५, काठमाडौँ

एमएडब्लु वृद्धिले हालसम्मकै सबैभन्दा एड्भान्स्ड र अपग्रेडेड इलेक्ट्रिक एसयुभी अल न्यु दिपल ई०७ – ट्रान्सफर्मर एक्स नेपालमा सार्वजनिक गरेको छ। 

एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया लगायतले अत्याधुनिक एअर सस्पेन्सन र चारै सिटमा मसाज सुविधासहितको ट्रान्सफर्मर एक्स सार्वजनिक गर्नु भएको हो। 

‘ह्वेन लक्जरी चुजेज एड्भेन्चर’ दर्शन रहेको ट्रान्सफर्मर एक्सको मुख्य आकर्षण कन्टिनियस ड्याम्पिंग कन्ट्रोल (सीडीसी)सहितको एड्भान्स्ड एअर सस्पेन्सन सिस्टम हो जसले भौगोलिक अवस्था हेरेर एसयुभीको ग्राउन्ड क्लेरेन्सलाई अधिकतम २२३ एमएमसम्म बढाइदिन्छ जसले नेपालको भौगालिक परिस्थितिमा असाधारण स्थिरता र आराम प्रदान गर्छ। उच्च गतिमा ई०७ को ग्राउन्ड क्लेरेन्स स्वचालित रुपमा कम भएर एसयुभीलाई थप स्थिर बनाउने इन्टेलिजेन्ट फिचर पनि यसमा रहेको छ। 

दिपल ई०७ को पहिलो भर्सन गर्न वर्ष नेपाली बजारमा विश्वकै पहिलो ट्रान्सफर्मर एसयुभीका रुपमा नेपाली बजारमा प्रवेश गरेको थियो। नयाँ ट्रान्सफर्मर एक्सको आगमनसँग दिपलले लक्जरी र एड्भेन्चर दुवैलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। 

‘ह्वेन लक्जरी चुजेज एड्भेन्चर’ दर्शन रहेको ट्रान्सफर्मर एक्सको मुख्य आकर्षण कन्टिनियस ड्याम्पिंग कन्ट्रोल (सीडीसी)सहितको एड्भान्स्ड एअर सस्पेन्सन सिस्टम हो जसले भौगोलिक अवस्था हेरेर एसयुभीको ग्राउन्ड क्लेरेन्सलाई अधिकतम २२३ एमएमसम्म बढाइदिन्छ जसले नेपालको भौगालिक परिस्थितिमा असाधारण स्थिरता र आराम प्रदान गर्छ। उच्च गतिमा ई०७ को ग्राउन्ड क्लेरेन्स स्वचालित रुपमा कम भएर एसयुभीलाई थप स्थिर बनाउने इन्टेलिजेन्ट फिचर पनि यसमा रहेको छ। 

नयाँ ई०७ मा लक्जरीको स्तरलाई पनि बेजोड बनाइएको छ। यसका चार वटै सिट मजास, हिटिंग, भेन्टिलेटेड र वेलकमिंग छन्। साथै यसमा विशेष जिरो ग्रयाभिटिी रिल्याक्सेसन मोड छ जसले गाडी भित्रको वातावरणलाई वास्तवमै पर्सनल वेलनेस लाउन्जमा परिणत गरिदिन्छ।

पछाडिका यात्रुले  पनि ट्रंक अपरेसन, डोम खोल्ने, क्लाइमेट कन्ट्रोल गर्ने, सनसे र सिट फोल्डिंग नियन्त्रण गर्ने सक्नेछन्। 

यस एसयुभीलाई आफ्नो ट्रान्सफर्मर क्षमता मार्फत एसयुभी, पिकअप, क्याम्पिंग र आरभी गरी चार वटा छुटाछुटै रुपमाले प्रयोग गर्न सक्निछ। ५ मिटर लामो, ३१२० एमएम ह्विलवेस, ६५५ केजी पेलोड क्यापासिटी र क्लास लिडिंग १३१ लिटरको फ्रंकले यसको डिजाइन र उपभोगिता दुवैलाई बेजोड बनाइदिएको छ।

यो सम्पूर्ण अनुभवलाई उर्जा दिन यसमा ८९.९८ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ जसले एक सिंगल चार्जमा ५९० किलोमिटर डब्लुएलटीपी रेन्ट उपलब्ध गरउाँछ। यसमा २४० किलोवाटको डीसी चार्जसम्म सपोर्ट गर्छ भने ६०० एमएम वाटर वेडिंग क्यापासिटी,  भीटुएल एक्सटनल पावर आउटपुछ र विशेष इनर्जी सेभिंग सिस्टम रहेको छ जसको प्रयोगले ड्राइभिंग रेन्जलाई २० प्रतिशतसम्म वृद्धि गर्छ। 

अल न्यु दिपल ई०७ ट्रान्सफर्मर एक्सको मूल्य एक करोड ९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ र यो हेवाइट, ब्ल्याक र ग्रेमा उपलब्ध छ। 
ट्रान्सफर्मर एक्सको सार्वजनिक गर्दै एमएडब्लु वृद्धिका विष्णु अग्रवालले ‘इनोभेसन एमएडब्लुको डिएनएमै भएको बनाए।

‘एमएडब्लुले सधैं भोलिको प्रविधिलाई आज नै प्रस्तुत गर्दै आएका छौं। दिपल ई०७ ले नेपाली अटो बजारलाई पुन परिभाषित गर्नेछ’, उनले भने, ‘एमएडब्लु सदा ग्राहकको सन्तुष्टि र सेवामा तत्पर रहन्छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad