प्रोटोन नेपालले आफ्नो फुल साइज इलेक्ट्रिक एसयूभी इमास ७ मार्फत नेपाली बजारमा उल्लेखनीय प्रभाव जमाइसकेको छ।
इभी पारखीहरू र प्रारम्भिक प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको इमास ७, मलेसियाको नम्बर वान इलेक्ट्रिक सवारी साधनको पहिचानसहित नेपालमा पनि लोकप्रियता हासिल गरिरहेको छ।
शहरी यात्रुदेखि साहसिक यात्रा मन पराउने उपभोक्तासम्म सबैको आवश्यकता पूरा गर्ने गरी डिजाइन गरिएको इमास ७ मा अत्याधुनिक प्रविधि, उच्चस्तरीय सुरक्षा विशेषता तथा उच्च क्षमताको प्रदर्शनसहित आकर्षक मूल्यमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
१६० किलोवाट क्षमताको शक्तिशाली मोटर जडान गरिएको इमास ७ ले आरामदायी र प्रभावशाली ड्राइभिङ अनुभव प्रदान गर्छ। ४,६१५ मि.मि. लम्बाई र १८० मि.मि. ग्राउण्ड क्लियरेन्सका कारण यस एसयूभीले पर्याप्त स्थान तथा विविध सडक अवस्थाका लागि आवश्यक क्षमता प्रदान गर्दछ।
नेपालका लागि प्रोटोन सवारी साधनको आधिकारिक आयातकर्ता तथा वितरक जगदम्बा मोटर्स प्रा.लि. रहेको छ। कम्पनीले बलियो बिक्रीपछिको सेवा, नियमित मर्मत तथा व्यापक ग्राहक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि गरेको छ।
Shares

प्रतिक्रिया