नेपालमा हुन्डाई, फोर्थिङ र केयी गाडीहरूको आधिकारिक वितरक लक्ष्मी ग्रुपले वाडा अटो शो २०२६ मा आकर्षक र विशेष अफरहरूको घोषणा गरेको छ।
चैत ११ देखि चैत १५ सम्म ताल बाराही चोक, लेकसाइड, पोखरामा आयोजना हुने यस कार्यक्रममा नयाँ गाडी खरिद गर्न वा आफ्नो पुरानो गाडी अपग्रेड गर्न चाहने ग्राहकहरूका लागि सीमित अवधिको विशेष अभियान ल्याइएको छ।
यस विशेष प्रदर्शनीअन्तर्गत ग्राहकहरूले फोर्थिङ फ्राइडेमा ७ लाख रुपैयाँसम्मको लाभ पाउन सक्नेछन्।
प्रिमियम इलेक्ट्रिक एसयूभी फोर्थिङ फ्राइडे ६४.४ केडब्लुएच क्षमताको उत्कृष्ट ब्याट्रीसहित उपलब्ध छ। १८५ एमएम ग्राउन्ड क्लियरेन्स र डब्लुएलटीपीअनुसार ४०० किलोमिटरसम्मको रेञ्जसहित यो गाडी प्रिमियम ईभी सेग्मेन्टमा बलियो प्रतिस्पर्धीको रूपमा उभिएको कम्पनीले जनाएको छ। यसलाई कम्पनीले उत्कृष्ट प्रदर्शन, सुरक्षा, अत्याधुनिक प्रविधि र आधुनिक डिजाइनको संयोजन भनेको छ।
फोर्थिङका साथै, लक्ष्मी ग्रुपले वाडा अटो शोमा आफ्नो हुन्डाई र केयी लाइनअपमा पनि आकर्षक अफरहरू ल्याएको छ। कम्पनीले पोखराबासीलाई आफ्नो स्टलमा आएर यस अटो एक्स्पोको अनुभव लिन आग्रह गरेको छ।
लक्ष्मी ग्रुप नेपालमा नवप्रवर्तनशील, वातावरणमैत्री र भविष्य उन्मुख गतिशीलता समाधानहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धतामा अडिग रहँदै ग्राहकहरूको मूल्य र स्वामित्व अनुभवलाई निरन्तर उकास्दै आएको छ।
Shares

प्रतिक्रिया