नेपालमा सुजुकी अटोमोबाइल्सको अधिकृत वितरक सीजी मोटोकर्प प्रालिले सुजुकी समर सर्भिस क्याम्प गर्ने भएको छ।
कम्पनीका अनुसार यो राष्ट्रव्यापी सेवा अभियान यही जेठ २४ देखि २६ गतेसम्म नेपालभरका सबै अधिकृत सुजुकी सर्भिस सेन्टरहरूमा सञ्चालन हुनेछ।
नेपालमा गर्मी र मनसुनपूर्वको मौसम प्रारम्भ भइसकेको सन्दर्भमा, जुन बेला भारी वर्षा र फिसलो सडकहरूका कारण सवारी साधनको प्रदर्शन तथा सुरक्षामा प्रतिकूल असर पर्न सक्छ, सीजी मोटोकर्प प्रत्येक सुजुकी मालिकले यो मौसम निडर र पूर्ण सुरक्षाका साथ यात्रा गर्न सकून् भन्ने उद्देश्यले यो अभियान ल्याएको छ। तीन दिने यस क्याम्पमा व्यापक सवारी मर्मत-सम्भार, आकर्षक छुट र निःशुल्क सेवाहरू प्रदान गरिनेछन्।
विशेष अफर तथा छुट विवरणअनुसार ग्राहकले स्पेयर पार्ट्समा र लुब्रिकेन्ट्समा १० प्रतिशत छुट पाउनेछन्। त्यसैगरी लेबर चार्जमा २० प्रतिशत, सुजुकी डाइग्नोस्टिक टुल जाँच, सामान्य सवारी निरीक्षण, हिटर तथा एयर कन्डिसनर जाँच र ब्याट्री परीक्षण नि:शुल्क पाउनेछन्।
क्याम्पमा बम्पर लकी ड्रअन्तर्गत लक्जरी स्टेकेसन जित्ने मौका समेत पाइनेछ।
सेवा सुविधाका अतिरिक्त, यस क्याम्पमा एक रोमाञ्चक लकी ड्रको आयोजना गरिनेछ। क्याम्पका दौरान आफ्नो गाडी सर्भिस गर्ने ग्राहकहरूमध्येबाट छनोट भएका दश भाग्यशाली विजेताले प्रत्येकले नगरकोटको भंगेरी दरबार रिसोर्टमा एक्सक्लुसिभ स्टेकेसन प्याकेज जित्ने मौका पाउनेछन्, काठमाडौं उपत्यकाको मनोरम पहाडी परिवेशमा मनलाई ताजगी दिने एक अद्वितीय अनुभव। क्याम्पमा सर्भिस गराउने सबै ग्राहकहरू स्वतः यस लकी ड्रमा सहभागी हुनेछन्।
Shares

प्रतिक्रिया