कारोबार


नेपालमा पनि याडेआ कनिस, कति पर्छ मूल्य?

नेपालमा पनि याडेआ कनिस, कति पर्छ मूल्य?

नेपालखबर
असार ८, २०८३ सोमबार २०:४५, काठमाडौँ

याडेआले आफ्नो बहुप्रतिक्षित याडेआ कनिसलाई नेपालमा आधिकारिकरूपमा सार्वजनिक गरिएको छ।

नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिमार्फत सार्वजनिक गरिएको कनिसले नेपाली बजारमा पर्फर्मेन्स इलेक्ट्रिक मोटरसाइकलको नयाँ: अनुभव प्रस्तुत गरेको छ।

दैनिक आवतजावतका लागि मात्रै केन्द्रित परम्परागत इलेक्ट्रिक दुई पाङ्ग्रे सवारीसाधनभन्दा फरक, याडेआ कनिसलाई गति, प्रदर्शन, रोमाञ्चक राइडिङ अनुभव र आकर्षक डिजाइनलाई प्राथमिकतामा राखेर विकास गरिएको कम्पनीले जनाएको छ। 

आधुनिक प्रविधि, शक्तिशाली प्रदर्शन र प्रिमियम अनुभव खोज्ने राइडरहरूलाई लक्षित गर्दै यो मोटरसाइकल तयार गरिएको कम्पनीको भनाइ छ। 

कम्पनीका अनुसार याडेआ कनिसमा ११ किलोवाट क्षमताको उच्च प्रदर्शनयुक्त मिड-ड्राइभ मोटर जडान गरिएको छ, जसले ३०० एन.एम. टर्क उत्पादन गर्छ। यसले तीव्र एक्सेलेरेसन र उत्कृष्ट सडक प्रदर्शन सुनिश्चित गर्छ। 

'कनिसले ० देखि ५० किलोमिटर प्रतिघण्टाको गति केवल ३ सेकेन्डमा प्राप्त गर्न सक्छ भने यसको अधिकतम गति १०० किलोमिटर प्रतिघण्टा रहेको छ। यी विशेषताले यसलाई नेपालकै उत्कृष्ट र शक्तिशाली इलेक्ट्रिक मोटरसाइकलहरूमध्ये एक बनाएको छ,' कम्पनीले जारी गरेको विज्ञप्तिमा भनेको छ।

नेपालका फरक-फरक सडक र उकालो बाटोलाई ध्यानमा राखेर बनाइएको कनिसले २० डिग्रीसम्मको चढाइ सजिलै पार गर्न सक्ने र कठिन सडकमा पनि सहज र भरपर्दो राइडिङ अनुभव दिने कम्पनीको भनाइ छ।

'कनिसमा ४.६ किलोवाट घण्टा क्षमताको ब्याट्री प्रयोग गरिएको छ, जसलाई ४० भन्दा बढी सुरक्षा सुविधासहितको स्मार्ट ब्याट्री व्यवस्थापन प्रणालीले सुरक्षित र भरपर्दो बनाएको छ। यसले ब्याट्रीलाई सुरक्षित, भरपर्दो र लामो समयसम्म टिकाउ बनाउँदै सहज र विश्वसनीय राइडिङ अनुभव प्रदान गर्छ,' कम्पनीको दाबी छ।

याडेआ कनिसले अन्तर्राष्ट्रियस्तरमा प्रतिष्ठित रेड डट डिजाइन अवार्ड समेत प्राप्त गरिसकेको छ। यसले याडेआको उत्कृष्ट डिजाइन र आधुनिक विद्युतीय प्रविधिप्रतिको प्रतिबद्धता देखाउने कम्पनीको भनाइ छ।

कार्यक्रम कुजु नेपालका प्रतिनिधिले भने, 'याडेआ कनिस केवल यातायातको साधन होइन, यो शक्ति, प्रदर्शन र रोमाञ्चको अनुभव हो। हामी आशावादी छौं कि यो कार्यक्रमले नेपालमा इलेक्ट्रिक मोटरसाइकललाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउनेछ।'

याडेआ कनिस नेपालमा ६ लाख ६० हजारको मूल्य (एमआरपी) मा उपलब्ध छ। उत्कृष्ट प्रदर्शन, नवीन प्रविधि र प्रिमियम राइडिङ अनुभव खोज्ने ग्राहकका लागि यो एक आकर्षक विकल्प बन्ने अपेक्षा गरिएको छ।

याडेआ लगातार ९ वर्षदेखि विश्वकै नम्बर १ इलेक्ट्रिक दुई पाङ्ग्रे ब्रान्ड बनेको याडेआ १५० भन्दा बढी देशमा सक्रिय छ। विश्वभरका करोडौं प्रयोगकर्ताको विश्वास जितेको याडेआले नेपालको प्रिमियम ईभी बजारमा आफ्नो उपस्थिति अझ बलियो बनाउने लक्ष्य राखेको जनाएको छ। 

सन् २००१ मा स्थापना भएको याडेआ विश्वकै नम्बर १ इलेक्ट्रिक दुई पाङ्ग्रे निर्माता कम्पनी हो। विश्वभर १०० करोडभन्दा बढी प्रयोगकर्ता रहेको याडेआले १५० भन्दा बढी देश तथा क्षेत्रमा आफ्नो सेवा विस्तार गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad