कारोबार


मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकको संख्या १ करोड ९४ लाख नाघ्यो

मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकको संख्या १ करोड ९४ लाख नाघ्यो

फाइल तस्बिर


नेपालखबर
पुस ४, २०७९ सोमबार १५:५६, काठमाडौँ

नेपालमा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकको संख्या १ करोड ९४ लाख नाघेको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्म क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक १ करोड ९४ लाख ३ हजार ६ सय ८० पुगेको हो। 

तिनमा क वर्गका बैंकका मात्रै यस्ता ग्राहक १ करोड ६९ लाख ३४ हजार २ सय १९ छन्। त्यस्तै ख वर्गका यस्ता ग्राहक २३ लाख ४७ हजार २ सय ५१ र ग वर्गका १ लाख २२ हजार २ सय १० रहेका छन्। 

त्यस्तै इन्टरनेट बैंकिङका ग्राहक पनि चालू आवको चार महिनासम्म १७ लाख ५० हजार ९ सय ३६ पुगेका छन्। तिनमा क वर्गका संस्थाका १३ लाख ११ हजार ५ सय ८७, ख वर्गका ४ लाख २८ हजार ३ सय ६२ र ग वर्गका १० हजार ९ सय ८७ रहेको राष्ट्र बैंकले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .