ad ad

कारोबार


लगानीयोग्य रकमको अभाव झेल्दा पनि बढ्यो बैंकहरूको लगानी

१५ क्षेत्रमा ४२ खर्ब प्रवाह हुँदा कुन बैंकले कति दिए ऋण?
लगानीयोग्य रकमको अभाव झेल्दा पनि बढ्यो बैंकहरूको लगानी

नेपालखबर
चैत २१, २०७९ मंगलबार १५:४५, काठमाडौँ

तरलता समस्या अर्थात् लगानीयोग्य रकमको अभाव झेलिरहेका बेला पनि बैंकहरुले ४२ खर्ब रुपैयाँ ऋण प्रवाह गरेका छन्। 

वाणिज्य बैंकले आर्थिक वर्ष २०७९/०८० को माघ मसान्तसम्म ४२ खर्ब ८९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन्। 

गत वर्ष सोही अवधिमा बैंकहरुले ४१ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए। गत वर्षको सोही अवधिको तुलनामा बैंकहरुले कर्जा प्रवाह बढाएका छन्। 

चालू आर्थिक वर्ष २०७९/०८० को माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाले कुल ४८ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ। 

जसमध्ये (क) वर्गका वाणिज्य बैंकले ४२ खर्ब ८९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् भने विकास बैंकले ४ खर्ब ५४ अर्ब ९९ करोड र फाइनान्स कम्पनीले ९२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। 

आर्थिक वर्ष २०७८/०७९ मा बैंक तथा वित्तीय संस्थाले ४६ खर्ब ९७ अर्ब रुपैयाँ प्रवाह गरेका थिए। गत वर्ष सोही अवधिमा (क) वर्गका वाणिज्यले मात्र ४१ खर्ब ५५ अर्ब विकास बैंकले ४ खर्ब ३६ करोड र फाइनान्स कम्पनीले ८७ अर्ब रुपैयाँ ७७ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए। 

माघ मसान्तमा बैंकहरुले सबैभन्दा बढी उपभोग्य क्षेत्रमा ऋण प्रवाह गरेका छन्। वाणिज्य बैंकहरुबाट होलसेल तथा रिटेलमा क्षेत्रमा धेरै कर्जा प्रवाह भएको हो। 

होलसेल तथा रिटेलमा क्षेत्रमा वाणिज्य बैंकहरुले ८ खर्ब ९८ अर्ब रुपैयाँ प्रवाह गरेका छन्। 

त्यसैगरी यसबाहेक कृषि, फरेस्ट्री र पेयपदार्थ उत्पादन क्षेत्रमा ७ खर्ब ५५ अर्ब रुपैयाँ, अन्य क्षेत्रमा २ खर्ब ८१ अर्ब, स्थानीय सरकारलाई १ अर्ब ८ करोड, उपभोग ऋण ७ खर्ब ४६ अर्ब, सर्भिसमा १ खर्ब ९० अर्ब, होटल एण्ड रेष्टुरेष्ट क्षेत्रमा १ खर्ब ८१ अर्ब, फाइनान्स इन्स्योरेन्स एण्ड रियल स्टेट क्षेत्रमा ३ खर्ब ४ अर्ब, होल्सेलर र रिटेल क्षेत्रमा ८ खर्ब ९४ अर्ब, ट्रान्सपोर्टेसन कम्युनिकेसन एण्ड पब्लिक युटिलिटिज क्षेत्रमा ८१ अर्ब रुपैयाँ रुपैयाँ कर्जा प्रवाह गरेका छन्। 

साथै, जलविद्युत्, ग्यास र सिँचाइ क्षेत्र २ खर्ब ६९ अर्ब, धातु उत्पादन, मेसिनरी र इलेक्ट्रोनिक उपकरण क्षेत्रमा ७३ अर्ब रुपैयाँ, निर्माण क्षेत्रमा १ खर्ब ६० अर्ब, कृषि, वन र पेयपदार्थ उत्पादन क्षेत्रमा ७ खर्ब ५५ अर्ब, कृषि तथावन क्षेत्रमा ३ खर्ब २५ अर्ब रुपैयाँ, माछापालन र खानी क्षेत्रमा २२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। 

कुन बैंकले कति प्रवाह गरे? 
चालू आर्थिक वर्षको माघ मसान्तमा वाणिज्य बैंकले ४२ खर्ब ८९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। माघ मसान्तमा सबैभन्दा बढी ग्लोबल आईएमई बैंकले कर्जा प्रवाह गरेको छ। 

बैंकले माघ मसान्तसम्ममा १५ क्षेत्रमा ३ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। त्यसैगरी कर्जा नेपाल इन्भेष्टमेन्ट मेगा, नबिल बैंकले सर्वाधिक कर्जा प्रवाह गरेका छन्। 

सबैभन्दा कम कर्जा प्रवाह गर्नेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई र माछापुच्छ्रे बैंक रहेका छन्। 

नेपाल बैंकले विभिन्न १५ क्षेत्रमा १ खर्ब ७८ अर्ब कर्जा प्रवाह गरेको छ। राष्ट्रिय वाणिज्य बैंकले २ खर्ब ३५ अर्ब, नबिल बैंकले ३ खर्ब २३ अर्ब, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ खर्ब २८ अर्ब रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९३ अर्ब, हिमालयन बैंकले साढे २ खर्ब, नेपाल एसबीआई बैंकले १ खर्ब २३ अर्ब, एभरेष्ट बैंकले १ खर्ब ६३ अर्ब रुपैयाँ र एनआईसी एसिया बैंकले २ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। 

माछापुच्छ्रे बैंकले १ खर्ब ३३ अर्ब, कुमारी बैंकले २ खर्ब ८४ अर्ब, लक्ष्मी बैंकले १ खर्ब ३६ अर्ब, सिद्धार्थ बैंकले १ अर्ब ८६ करोड, कृषि विकास बैंकले १ खर्ब ७८ अर्ब, सिटिजन्स बैंकले १ खर्ब ४२ अर्ब, प्राइम कमर्सियल बैंकले १ खर्ब ५८ अर्ब र सनराइज बैंकले १ खर्ब २२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।  

यता एनएमबि बैंकले १ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। त्यसैगरी प्रभू बैंकले २ खर्ब ४९ अर्ब रुपैयाँ, सानिमा बैंकले १ खर्ब ४६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। 

कोभिडयता नेपाल राष्ट्र बैंकले बैंकहरुलाई खुकुलो नीति ल्याउँदा उल्लेख्य रुपमा कर्जा बढेको थियो। त्यसपछि बैंकको खराब कर्जा बढ्न गई वाणिज्य बैंकको निष्क्रिय कर्जा दोब्बर पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .