ad ad

कारोबार


वाणिज्य बैंकहरूले फि–कमिसनबाट मात्रै कमाए २२ अर्ब बढी

नौ वटाको आम्दानी घट्यो, के हो ‘फि कमिसन’?
वाणिज्य बैंकहरूले फि–कमिसनबाट मात्रै कमाए २२ अर्ब बढी

केशर बोगटी
बैशाख २०, २०८० बुधबार १७:१०, काठमाडौँ

चालू आर्थिक वर्ष २०७९/०८० को तेस्रो त्रैमासिकमा वाणिज्य बैंकहरूले २२ अर्ब बढी फि–आम्दानी गरेका छन्। 

सञ्चालनमा रहेका २१ वाणिज्य बैंकले चैत मसान्तसम्ममा २२ अर्ब  ३ करोड रुपैयाँ फि–कमिसनबाट मात्रै आम्दानी गरेका हुन्। 

गत वर्ष सोही अवधिमा वाणिज्य बैंककहरूले १८ अर्ब ८९ करोड रुपैयाँ फि–आम्दानी गरेका थिए। 

गत वर्षको तुलनामा वाणिज्य बैंकको फि–आम्दानी बढेको छ। औसतमा बैंकहरूको फि–आम्दानी बढे पनि ९ बैंकको घटेको छ। 

चैत मसान्तसम्म एनएमबी बैंक, लक्ष्मी बैंक, नेपाल एसबीआई बैंक, सिटिजन्स, प्राइम कमर्सियल बैंक, सनराइज बैंक, कृषि विकास बैंक, सानिमा बैंक र नेपाल बैंकको फि–आम्दानी घटेको छ। 

त्यसैगरी सिद्धार्थ बैंक, कुमारी बैंक, माछापुच्छ्रे, हिमालयन, एभरेष्ट, स्ट्यान्डर्ड चार्टर्ड, नबिल, ग्लोबल आईएमई, एनआईसी एसिया, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा र राष्ट्रिय वाणिज्य बैंकको फि–कमिसन भने बढेको छ। 

के हो ‘फि कमिसन’?
बैंकले ग्यारेन्टीलगायत विभिन्न सेवा प्रदान गरेबापत पाउने शुल्क नै फि तथा कमिसन हो। 

‘बैंकले जति धेरैलाई बैंकबाट प्रदान हुने कार्ड, लकर सुविधा, कर्जा प्रक्रियाको खर्च, एटीएम कार्ड, मोबाइल बैंकिङ, ग्यारेन्टी प्रदान गर्न सक्छन्, त्यति नै बढी फि तथा कमिसन प्राप्त गर्छन्’, एक बैंकरले भने। 

ती बैंकरका अनुसार बैंक तथा वित्तीय संस्थाले जति धेरै फि कमिसनमार्फत आम्दानी गर्छन्, त्यति नै संस्थाको लागि राम्रो हो। 

‘पछिल्लो समय बैंकहरूको व्यवसाय घटे पनि बैंकिङ कारोबार बढ्दा फि कमिसन बढेको हो’, उनले भने। 

फि तथा कमिसनबाट बढी आम्दानी हुँदा बैंक सञ्चालन खर्चमा सहयोग पुुग्ने भएकाले ब्याज आम्दानी कम भए पनि हुने उनको भनाइ छ। 

कार्यालय सञ्चालनकै लागि बैंकहरूको खर्च बढी हुने हुँदा बैंकले दिने ऋणमा ब्याजदर बढी हुने गरेको उनले बताए। 

यस्तो ब्याजदर कम हुनुलाई बैंकले गैरबैंकिङ गतिविधि बढाएर फि तथा कमिसनबाट बढी आम्दानी गर्नसके ब्याजदर घट्नमा सहयोग पुग्ने उनको भनाइ छ।

कुन बैंकले कति आम्दानी गरे? 
एनएमबी बैंक 

एनएमबी बैंकले फि एण्ड कमिसनमार्फत १ अर्ब १८ करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब २६ करोड रुपैयाँ कमिसनमार्फत आर्जन गरेको थियो। 

सिद्धार्थ बैंक
बैंकले नेट फि एण्ड कमिसनमार्फत ९८ करोड २ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ८८ करोड २५ लाख रुपैयाँ कमिसनमार्फत आर्जन गरेको थियो। 

कुमारी बैंक 
बैंकले नेट फि एण्ड कमिसनमार्फत ९८ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ६० करोड ६९ लाख रुपैयाँ कमिसनमार्फत आर्जन गरेको थियो। 

लक्ष्मी बैंक 
बैंकले नेट फि एण्ड कमिसनमार्फत ६७ करोड ५० लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ७३ करोड २ लाख रुपैयाँ कमिसनमार्फत आर्जन गरेको थियो। 

माछापुच्छ्रे बैंक 
बैंकले नेट फि एण्ड कमिसनमार्फत ८५ करोड ५८ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ८५ करोड १५ लाख रुपैयाँ कमिसनमार्फत आर्जन गरेको थियो। 

एभरेष्ट बैंक 
बैंकले नेट फि एण्ड कमिसनमार्फत ७४ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ६९ करोड ८१ लाख रुपैयाँ कमिसनमार्फत आर्जन गरेको थियो। 

नेपाल एसबीआई बैंक 
बैंकले नेट फि एण्ड कमिसनमार्फत ८७ करोड ७५ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ९५ करोड २७ लाख रुपैयाँ कमिसनमार्फत आर्जन गरेको थियो। 

हिमालयन बैंक 
नेट फि एण्ड कमिसनमार्फत ६४ करोड ३६ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ६२ करोड ७२ लाख रुपैयाँ कमिसनमार्फत आर्जन गरेको थियो।

स्ट्यान्डर्ड चार्टर्ड बैंक
नेट फि एण्ड कमिसनमार्फत ९७ करोड ६३ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ७२ करोड १६ लाख रुपैयाँ कमिसनमार्फत आर्जन गरेको थियो।

नबिल बैंक
नेट फि एण्ड कमिसनमार्फत १ अर्ब ९९ करोड ८७ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब १८ करोड ८ लाख रुपैयाँ कमिसनमार्फत आर्जन गरेको थियो।

सिटिजन्स बैंक
नेट फि एण्ड कमिसनमार्फत ६४ करोड २६ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ६९ करोड १३ लाख रुपैयाँ कमिसनमार्फत आर्जन गरेको थियो।

प्राइम कमर्सियल बैंक
नेट फि एण्ड कमिसनमार्फत ७९ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ८४ करोड ८३ लाख रुपैयाँ कमिसनमार्फत आर्जन गरेको थियो।

सनराइज बैंक
नेट फि एण्ड कमिसनमार्फत ५६ करोड १७ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ७२ करोड ९० लाख रुपैयाँ कमिसनमार्फत आर्जन गरेको थियो।

कृषि विकास बैंक 
नेट फि एण्ड कमिसनमार्फत ८८ करोड ९८ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ६ करोड रुपैयाँ कमिसनमार्फत आर्जन गरेको थियो।

सानिमा बैंक 
नेट फि एण्ड कमिसनमार्फत ५६ करोड २१ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ६५ करोड १७ लाख रुपैयाँ कमिसनमार्फत आर्जन गरेको थियो।

नेपाल बैंक 
नेट फि एण्ड कमिसनमार्फत ६२ करोड ८७ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ६७ करोड ९१ लाख रुपैयाँ कमिसनमार्फत आर्जन गरेको थियो।

ग्लोबल आईएमई बैंक 
नेट फि एण्ड कमिसनमार्फत १ अर्ब ४५ करोड ३५ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब २५ करोड ९ लाख रुपैयाँ कमिसनमार्फत आर्जन गरेको थियो।

एनआईसी एसिया 
एनआईसी एसिया बैंकले नेट फि एण्ड कमिसनमार्फत १ अर्ब ८८ करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब २९ करोड रुपैयाँ कमिसनमार्फत आर्जन गरेको थियो।

प्रभु बैंक 
प्रभु बैंकले नेट फि एण्ड कमिसनमार्फत १ अर्ब ८ करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ९४ करोड ९५ लाख रुपैयाँ कमिसनमार्फत आर्जन गरेको थियो।

नेपाल इन्भेष्टमेन्ट मेगा 
नेपाल इन्भेष्टमेन्ट मेगाले नेट फि एण्ड कमिसनमार्फत १ अर्ब ५ करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ९० करोड ७० लाख रुपैयाँ कमिसनमार्फत आर्जन गरेको थियो।

राष्ट्रिय वाणिज्य बैंक 
राष्ट्रिय वाणिज्य बैंकले नेट फि एण्ड कमिसनमार्फत १ अर्ब ५ करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ९० करोड ७० लाख रुपैयाँ कमिसनमार्फत आर्जन गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .