कारोबार


वाणिज्य बैंकले ब्याजबाटै कमाए ९६ अर्ब, अग्रस्थानमा ग्लोबल, पछ्याउँदै नबिल

वाणिज्य बैंकले ब्याजबाटै कमाए ९६ अर्ब, अग्रस्थानमा ग्लोबल, पछ्याउँदै नबिल

नेपालखबर
माघ २९, २०८० सोमबार ९:२४, काठमाडौँ

वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको ६ महिना (पुस मसान्त)सम्म ९६ अर्ब २४ करोड ब्याज आम्दानी गरेका छन्। 

सञ्चालनमा रहेका २० वाणिज्य बैंकले पुस मसान्तसम्म सो ब्याज आम्दानी गरेका हुन्। 

गत वर्ष सोही अवधिमा वाणिज्य बैंकहरूले ८२ अर्ब ३८ करोड रुपैयाँ ब्याज आम्दानी गरेका थिए।

बैंकहरूको प्रमुख आम्दानीको स्रोत नै ब्याज आम्दानी हो। जुन, गत वर्षको सोही अवधिको तुलनामा १३ अर्ब ८६ करोड बढी हो। 

गत वर्षको सोही अवधिको तुलनामा बैंकहरुको ब्याज आम्दानी बढे पनि नाफा भने घटेको छ। 

चालू आवको ६ महिना अर्थात पुस मसान्तसम्म वाणिज्य बैंकहरुले २८ अर्ब ७३ करोड नाफा गरेका छन्।

गत वर्ष सोही अवधिमा वाणिज्य बैंकहरुले ३३ अर्ब ७५ करोड नाफा गरेका थिए। गत वर्षको सोही अवधिको तुलनामा ब्याज आम्दानी घटे पनि वाणिज्य बैंकहरुको खुद नाफा भने घटेको छ। 

पुस मसान्तससम्ममा सबैभन्दा बढी ग्लोबल आईएमई बैंकको ९ अर्ब २ करोड ब्याज आम्दानी गरेको छ। यस्तै नबिल बैंकको ८ अर्ब १ करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७ अर्ब ६४ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ।

कुन बैंकको ब्याज आम्दानी कति?  
नेपाल बैंकले पुस मसान्सम्म ४ अर्ब ६३ करोड ब्याज आम्दानी गरेको छ। त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब ७२ करोड, नबिल बैंकले ८ अर्ब १ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७ अर्ब ५४ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब ६३ करोड, हिमालयन बैंकले ५ अर्ब ८२ करोड र नेपाल एसबीआई बैंकले २ अर्ब ६८ करोड ब्याज आम्दानी गरेको छ। 

त्यसैगरी, एभरेष्ट बैंकले ३ अर्ब ६३ करोड, एनआईसी एसिया बैंकले ५ अर्ब २१ करोड, माछापुच्छ्रे बैंकले २ अर्ब ६३ करोड, कुमारी बैंकले ५ अर्ब ९८ करोड, लक्ष्मी सनराइज बैंकले ५ अर्ब ६५ करोड, सिद्धार्थ बैंकले ४ अर्ब १२ करोड र कृषि विकास बैंकले ४ अर्ब ७० करोड ब्याज आम्दानी गरेको छ। 

साथै, ग्लोबल आइएमई बैंकले ९ अर्ब २ करोड, सिटिजन्स बैंकले २ अर्ब ८३ करोड, प्राइम कमर्सियल बैंकले ३ अर्ब ८७ करोड, एनएमबी बैंकले ३ अर्ब ७४ करोड, प्रभु बैंकले ४ अर्ब ७६ करोड र सानिमा बैंकले ३ अर्ब ब्याज आम्दानी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .