कारोबार


घट्यो कृषि विकास बैंकको नाफा, प्रतिसेयर आम्दानी पनि कम

घट्यो कृषि विकास बैंकको नाफा, प्रतिसेयर आम्दानी पनि कम

नेपालखबर
बैशाख ७, २०८२ आइतबार ११:४०, काठमाडौँ

कृषि विकास बैंकको नाफा घटेको छ। गत आर्थिक वर्ष चैत मसान्तसम्म २ अर्ब ५ करोड नाफा गरेको बैंकले चालु आवमा चैत मसान्तसम्म १ अर्ब ८४ करोड रुपैयाँ मात्रै नाफा गरेको हो।

अघिल्लोआवको तुलनामा यस आवको तेस्रो त्रैमासमा बैंकका नाफा २१ करोड घटेको हो। 

बैंक चालु आवको कर्जा प्रवाहमा कमजोर प्रस्तुत हुँदा त्यसको असर बैंकको खुद ब्याज आम्दानीमा परेको छ।

गत आवको चैतसम्म बैंकले ७ अर्ब २० करोड नाफा कमाएकोमा चालु आवको चैतसम्म बैंकले ६ अर्ब १२ करोड रुपैयाँ मात्रै नाफा कमाएको हो। यो वर्ष बैंकले १ अर्ब ८ करोडले नाफा गुमाएको हो। 

यस्तै वित्तीय वासलातमा कमजोर प्रस्तुत भएको बैंकको खराब कर्जा पनि ४.९८ प्रतिशतमा पुगेको छ। गत आवको सोही अवधिमा यो ३.३० प्रतिशत थियो। 

यो अवधिमा बैंकको प्रतिसेयर आम्दानी भने १५ रुपैयाँ ४० पैसा छ। यो पनि गत आवको चैत मसान्तभन्दा कम हो। सोही अवधिमा बैंकको १७ रुपैयाँ ९३ पैसा प्रतिसेयर आम्दानी थियो। 

यो अवधिमा बैंकको वितरणयोग्य नाफा भने ऋणात्मक बाट १ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ।

गत आवको चैत मसान्तसम्म वितरणयोग्य नाफा १ अर्ब १४ करोड रुपैयाँले ऋणात्मक थियो भने चालु आवको सोही अवधिमा यस्तो नाफा १ अर्ब ५१ करोड रुपैयाँ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad