असार लागेसँगै ऋण असुलीमा बैंकहरु लाग्दा त्यसले बैंकहरुको तरलतालाई थप बढाउन थालेको छ।
कर्जा प्रवाहलाई घटाएर धमाधम ऋण असुल गर्न थालेपछि बैंकहरुमा थुप्रिएको तरलतालाई राष्ट्र बैंकले तीन दिनको फरक पारेर तान्न थालेको हो।
राष्ट्र बैंकले असार लागेयता हरेक तीन दिनको फरकमा लामो अवधिका लागि रकम खिच्दै आएको हो।
राष्ट्र बैंकले असार १ गते ४० अर्ब, असार ४ गते १ अर्ब, असार ८ गते ५६ अर्ब, असार ११ गते ३७ अर्ब, असार १५ गते १७ अर्ब र असार १ गते ५८ अर्ब रुपैयाँबराबरको तरलता प्रशोचन गरेको थियो।
बैंकले आइतबार पनि ४५ अर्ब रुपैयाँ खिच्न लागेको हो। असार सुरु भएसँगै लामो अवधिको निक्षेप उठाउन थालेको राष्ट्र बैंकले आज पनि ४२ दिनका लागि निक्षेप उठाउन लागेको छ।
यसरी उठाउन निक्षेपबापत राष्ट्रबैंकले निक्षेपदाता बैंक तथा वित्तीय संस्थालाई बोलबोलमार्फत ब्याज दिन्छ। यसअघि यस्तो निक्षेपमा निक्षेपकर्ता संस्थाले २.९९ प्रतिशतसम्म ब्याज पाउँदै आएका छन्।
Shares

प्रतिक्रिया