कारोबार


अर्थमन्त्रीको सक्रियता बढ्यो, बैंकरसँग गरे समसामयिक विषयमा छलफल

अर्थमन्त्रीको सक्रियता बढ्यो, बैंकरसँग गरे समसामयिक विषयमा छलफल

नेपालखबर
चैत २०, २०७९ सोमबार १४:३, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले सुरुवाती चरणमा निजी क्षेत्रसँगको प्रत्यक्ष छलफललाई तीव्रता दिएका छन्। 

उनले अर्थ मन्त्रालय मातहतका निकायका पदाधिकारीदेखि निजी क्षेत्रका विभिन्न व्यवसायीसम्मलाई भेटघाट गरिरहेका हुन्। 

यही क्रममा सोमबार उनले नेपाल बैंकर्स संघका पदाधिकारीसँग भेटवार्ता गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। 

सो क्रममा पछिल्लो समय उठेको ब्याजदर विषयमा छलफल भएको थियो।  

सोमबार भएको भेटमा मन्त्री महतले समसामयिक विषयमा छलफल गरेको बैंकर्स संघका एक अधिकारीले बताए। 

ती अधिकारीका अनुसार बैंकर्स संघले ब्याजदर लगायत तत्कालीन समस्याबारे डा. महतसँग छलफल भएको थियो। यसअघि उनले सेयर लगानीकर्ता र नेपाल धितोपत्र बोर्डका अध्यक्षसँग पनि भेट गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .