कारोबार


६ सहसचिवले तयार गर्दै छन् आगामी आर्थिक वर्षको बजेट, को–को?

६ सहसचिवले तयार गर्दै छन् आगामी आर्थिक वर्षको बजेट, को–को?

नेपालखबर
चैत २४, २०७९ शुक्रबार १५:४३, काठमाडौँ

आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट तयार गर्न अर्थ मन्त्रालयले सहसचिव भुपाल बराल संयोजकत्वको बजेट मस्यौदा लेखन समिति गठन गरेको छ। 

अर्थमन्त्री डा. प्रकाशशरण महतको चैत २४ को मन्त्रीस्तरीय निर्णयअनुसार बरालको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरिएको हो। 

समितिका संयोजकमा भुपाल बराल छन् भने सदस्यहरुमा सहसचिवहरु उत्तर कुमार खत्री, धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा रहेका छन्। 

यो समितिले बजेटको मस्यौदा तयार गर्नेछ। 

चैत १ देखि नै मन्त्रालयले नयाँ बजेटको तयारी थालेको थियो। आगामी जेठ १३ गते आर्थिक विधेयक र विनियोजन विधेयकलाई अन्तिम रुप दिने, सोही दिन आर्थिक विधेयक र विनियोजन विधेयकलाई अन्तिम रुप दिएर बजेट वक्तव्यलाई अन्तिम रुप दिइने अर्थ मन्त्रालयको तयारी छ। 

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संघीय संसदको बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .