कारोबार


‘नेपालमै उत्पादित सवारीसाधनको दर्ताको कानुनी झञ्झठ २ दिनभित्र समाधान हुन्छ’

‘नेपालमै उत्पादित सवारीसाधनको दर्ताको कानुनी झञ्झठ २ दिनभित्र समाधान हुन्छ’

नेपालखबर
बैशाख ११, २०८० सोमबार १६:१५, काठमाडौँ

नेपालमा उत्पादन भएका सवारीसाधन दर्ताको लागि कानुनी जटिलता हटाइने भएको छ। 

कानुनी जटिलतालाई तत्काल हल गर्न यातायात व्यवस्था विभाग कार्यविधि निर्देशिका संशोधन हुने भएको हो।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले  सोमबार मातहतका कर्मचारी र सरोकारवाला निकायसँग कार्यविधि संशोधनका लागि निर्देशन दिएका छन्। 

‘दुई दिनभित्र नेपालमा उत्पादन भएका सवारीसाधनको दर्ता र सञ्चालनको समस्या हल हुन्छ’, मन्त्री ज्वालाले  भने, ‘स्वदेशमै उत्पादन भएका सवारीसाधनलाई हामी प्रोत्साहन गर्छौँ तर त्यसको सुरक्षा, सुलभ मूल्यमा होस् भन्नेमा हाम्रो चासो छ।’

यात्रीलगायतले नेपालमा विद्युतीय मोटरसाइकल उत्पादन गर्दै आएका छन्। नेपालमा उत्पादन भएका सवारीसाधनको टेस्ट पनि भइसकेको छ। तर प्रज्ञापनपत्रको अभावमा दर्ता हुनसकेका थिएनन् । प्रज्ञापनपत्रको सट्टा कर बीजक लिएर दर्ता गर्न मिल्ने व्यवस्था गरिएको छ। 

यातायात व्यवस्थाको कार्यविधिमा नेपालमा पनि सवारीसाधनहरु उत्पादन हुन्छन् भन्ने आकलन गरिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .