जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
जनरल इन्स्योरेन्सले कम्पनीका सञ्चालक समिति, उच्च व्यवस्थापक, व्यवस्थापक साथै शाखा प्रमुख कर्मचारीहरुलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो।
यही असार २४ मा हात्तीसारमा सञ्चालित कार्यक्रममा बीमा समितिका उपनिर्देशक हृदय पण्डितको प्रशिक्षणमा सो कार्यक्रम सम्पन्न भएको कम्पनीले जनाएको छ।
9
Shares
प्रतिक्रिया