ad ad

कारोबार


एनसेलको डबल मजा प्याक : जति चलायो उति फाइदा

एनसेलको डबल मजा प्याक : जति चलायो उति फाइदा

नेपालखबर
साउन १५, २०७९ आइतबार ६:३३, काठमाडौँ

युट्युब, टिकटकलगायत सामाजिक सञ्जाल चलाउँदा छिट्टै डाटा सकिएर हैरान हुनुहुन्छ? 

डाटा सकिने सोचले सामाजिक सञ्जाल वा गेम खेल्न डराउनुभएको छैन नि? एनसेल आजियटा लिमिटेडले अब मोबाइल डाटा जति चलायो उति प्रयोगकर्तालाई फाइदा हुने अफर ल्याएको छ। 

एनसेलले छोटो अवधिको लागि एक नौलो र आकर्षक डेटा अफर ‘डबल मजा प्याक’ सञ्चालनमा ल्याएको छ। 

कम्पनीका अनुसार ७ दिनमा ५ जीबी डाटा प्रयोग गर्नेलाई एनसेल प्रयोगकर्ताले भरपूर फाइदा लिन सक्छन्। 

एक हप्तामा प्रयोगकर्ताले १२५ पर्ने डेटा प्याक पुनः खरिद गरी आफ्नो डेटा भोल्युम दोब्बर बनाउँदै अझ सस्तो मूल्यमा डेटा सेवाको फाइदा लिन सक्छन्। 

प्रयोगकर्ताले ७ दिनको समयसीमा रहेको ५ जीबी डेटा करसहित १२५ मा खरिद गर्छन्। युट्युब, टिकटक, म्यासेन्जर, गेम खेलेर १ हप्तामा ५ जीबी सकिन्छ। उक्त ५ जीबी डाटा सकिएर नयाँ प्याक खरिद गर्दा प्रयोगकर्तालाई डबल फाइदा हुन्छ। सुरुमा १२५ मा ५ जीबी डाटा आउँछ। एक हप्ताभित्रै उही प्याक दोस्रोपटक ल्याउँदा १२५ मै १० जीबी डाटा आउँछ। 

एनसेलले प्रयोगकर्तालाई फाइदा पुग्ने गरी समयावधि सकिनुअघि नै नयाँ प्याक लिएमा डेटा भोल्युम र समयावधि दुवै सोहीअनुसार थपिँदै जाने यस अफरको विशेषता भएको जनाएको छ।

कम्पनी भन्छ, ‘उदाहरणका लागि यदि कुनै प्रयोगकर्ताले प्याक खरिद गरेको तीन दिनपछि सोही प्याक पुनः खरिद गर्छन् भने नयाँ १० जीबी उहाँहरुको बाँकी डेटा भोल्युममा जोडिन्छ। समयसीमा पनि बाँकी रहेको ४ दिनसहित ११ दिन हुन्छ।’ 

एनसेल प्रयोगकर्ताले डाटा प्याक आवश्यकताअनुसार जति पटक पनि पुनः खरिद गर्न सक्छन्। सुरुमा प्याक खरिद गर्दा १ हप्ता हुने म्याद थपिँदै जान्छ। डाटा थपिँदै जाँदा केही दिन प्रयोग गर्न नपाउँदा पनि चिन्ता लिनुपर्दैन। डाटा प्याक थपिँदै जाँदा २८ दिनसम्म चलाउन सकिने कम्पनीले जनाएको छ। 

‘हामी आफ्ना ग्राहकलाई हाम्रो निरन्तरको प्रयास र नवीन सेवामार्फत उत्कृष्ट सेवा अनुभव र यसको उचित मूल्य प्रदान गर्न प्रतिबद्ध छौँ’, एनसेलका प्रमुख व्यावसायिक अधिकृत प्रदीप श्रीवास्तवले भने, ‘आफ्नो डेटाको सीमा सकिने कुनै चिन्ता नगरी सुलभ डेटा सेवाबाट फाइदा लिन पाइने भएकाले नयाँ डबल मजा प्याकले ग्राहकलाई ठूलो महत्व राख्छ।’ 

डबल मजा प्याक कसरी लिने ?
एनसेलका प्रयोगकर्ताले ‘एस्ट्रिक१७१२३ह्यास’बाट डाटा प्याक लिन सक्छन्। डबल मजा प्याक लिनको लागि एस्ट्रिक १७१२३ एस्ट्रिक्स२२ह्यास डायल गरी यो प्याक सजिलै सुचारु गर्न सकिन्छ। 

सेवाग्राहीले डबल मजा प्याक एनसेल एप, एनसेलको वेबसाइट र इसेवा, खल्ती, आईएमईपेजस्ता वालेटबाट पनि यो प्याक खरिद गर्न सक्छन्।

एनसेल प्रयोकर्ताले नयाँ अफरअन्तर्गत एनसेलको डेटा सेवाको फाइदा जहाँ र जहिले पनि लिन सक्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .