ad ad

कारोबार


नेपाल रेमिट र प्रभु म्यानेजमेन्टबीच भुक्तानीसम्बन्धी सम्झौता

नेपाल रेमिट र प्रभु म्यानेजमेन्टबीच भुक्तानीसम्बन्धी सम्झौता

नेपालखबर
मंसिर २७, २०७९ मंगलबार १८:१३, काठमाडौँ

नेपाल रेमिट इन्टरनेशनल प्रालि र प्रभु म्यानेजमेन्ट प्रालिबीच व्यावसायिक सम्झौता भएको छ। 

सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेशनल प्रालिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र प्रभु म्यानेजमेन्ट प्रालिको तर्फबाट अध्यक्ष कुसुम लामाले हस्ताक्षर गरेका हुन्। 

सम्झौताबाट प्रभु म्यानेजमेन्ट प्रालि नेपाल रेमिट इन्टरनेशनल प्रालिको मुख्य प्रतिनिधि भएको छ।

नेपाल रेमिट इन्टरनेशनल प्रालिले नेपालका सबै बैंक खाताहरुमा रियल टाइममै रेमिट्यान्स जम्मा गर्दै आइरहेको छ। विभिन्न वालेट कम्पनीहरुसँग साझेदारी गरी विदेशबाट वालेटमा समेत रेमिट्यान्स् भित्र्याउँदै आएको छ । 

विगत १५ वर्षदेखि रेमिटान्स क्षेत्रमा काम गर्दै आएको कम्पनीले देशभर १० हजारभन्दा बढी स्थानबाट सेवा प्रदान गर्दै आएको छ। 

सम्झौताले विश्वका हरेक क्षेत्रबाट पठाएको रकम नेपालमा सरल तरिकाबाट प्राप्त गर्न थप सरल छिटो र छरितो हुने अपेक्षा गरिएको छ। 

प्रभु म्यानेजमेन्ट प्रा.लि सँगको सम्झौतासँगै नेपाल रेमिटका ग्राहकहुले अब देशभर रहेका १५ हजार स्थानहरुबाट विदेशबाट पठाएको रकमको भुक्तानि लिन सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .