कारोबार


वर्ल्ड कार अवार्डमा बीवाईडी शीर्ष ३ मा

वर्ल्ड कार अवार्डमा बीवाईडी शीर्ष ३ मा

नेपालखबर
फागुन १७, २०८० बिहिबार १२:५१, काठमाडौँ

फेब्रुअरी २६ को जेनेभा मोटर शोमा वर्ल्ड कार अवार्ड २०२४ को लागि शीर्ष तीन अन्तिम प्रतियोगीहरूको घोषणा गरिएको छ। 

बीवाईडीको मोडल बीवाईडी सिलले वर्ल्ड कार अफ द इयर र बीवाईडी डल्फिनले वर्ल्ड अर्बन कार श्रेणीहरूमा शीर्ष ३ स्थान हासिल गर्दै क्रमशः प्रतिस्पर्धामा अगाडि बढेको कम्पनीले जनाएको छ।

बीवाईडीले वर्ल्ड कार अवार्डको शीर्ष तीनमा सूचीकृत हुने पहिलो र एक मात्र चिनियाँ कार निर्माताको इतिहास बनाएको छ। 

विश्वभरको प्रमुख अटोमोटिभ परिचालनका महत्त्वपूर्ण पुरस्कारको रूपमा चिनिएका वर्ल्ड कार अवार्ड,  युरोपियन कार अफ द इयर र नर्थ अमेरिकन कार अफ द इयर अत्यधिक प्रशंसित छन्।

विश्वमा अटोमोटिभ अस्करको नाममा प्रसिद्ध भएको वर्ल्ड कार अवार्डले विश्वभर चर्चा हुने गर्छ। बीवाईडीको असाधारण प्रदर्शनले नै यसलाई विश्वकै प्रमुख विद्युतीय सवारीसाधनको नेतृत्वको स्थानमा पुर्याएको कम्पनीको दाबी छ।  

यी दुई मोडेलहरूले आफ्नो विशेष डिजाइन, असाधारण प्रविधि र मजबूत सुरक्षा विशेषताहरूको कारण , २९ देशका १०० अटोमोटिभ मिडिया तथा विश्वभरका विशेषज्ञहरूको ध्यान आकर्षित गरेको कम्पनीले जनाएको छ।

२०२३ मा बीवाईडी सिल र बीवाईडी डल्फिनने युरो एनक्याप र एनक्याप परीक्षणमा पनि  फाइभस्टार रेटिङ प्राप्त गरेका थिए। विशेषतः बीवाईडी सिललाई “युरोपियन कार अफ द इयर २०२४”को अन्तिम चरणका लागि पनि नामांकित गरिएको थियो ।

बीवाईडीले २०२३ मा ३० लाख विद्युतीय सवारीसाधन बिक्री गर्दै दोस्रो वर्षका लागि पनि विश्वभरमा शीर्ष स्थान मात्र नभएर, ग्लोबल अटोमोटिभ ब्रान्डहरूको शीर्ष दशमा समेत प्रवेश गरेको थियो। जुन चिनियाँ अटोमोटिभ निर्माताको लागि इतिहासमै पहिलो हासिल थियो। 

अहिलेसम्म बीवाईडीले छ महादेशका ७० देशका ४०० भन्दा बढी सहरहरूमा प्रभावकारी उपस्थिति प्रस्तुत गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .