शान्ति सम्झौता समाप्त भएको घोषणा गरेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आज बुधबार राति इरानविरुद्ध भीषण हमला गरिने दाबी गरेका छन्।
टर्कीमा आयोजित नेटो शिखर सम्मेलनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका साथ पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानबारे सोधिएको प्रश्नमा मंगलबार राति निकै कडा प्रहार गरेको बताएका हुन्।
यस क्रममा उनले थपे, ‘मैले उनीहरूलाई पहिले नै थोरै चेतावनी दिएको थिएँ। हामी आज राति फेरि उनीहरूलाई (इरानविरुद्ध) कडा हमला गर्नेछौँ।’
उनले दोहोर्याएर भने, ‘आज राति ठुलो आक्रमण हुन सक्छ।’
त्यसपछि अमेरिकाका रक्षामन्त्री पिट हेगसेथले पनि चेतावनी दिए, ‘यदि त्यस्तो आक्रमण भयो भने इरानका निकै भित्री क्षेत्रहरूलाई निसाना बनाइनेछ।’
417
Shares

प्रतिक्रिया