सानिमा बैंकका ग्राहकले रिभरसाइड स्प्रिंग्स रिसोर्टमा विशेष छुट पाउने भएका छन्।
बैंकले ग्राहकहरुलाई डिजिटल भुक्तानीको प्रोत्साहन गर्न रिभरसाइड स्प्रिङ्गस रिसोर्ट प्रालिसँग विशेष छुटको व्यवस्था गरेको हो।
सानिमा बैंकको सानिमा भिसा डेबिट÷क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग एप (क्यूआर स्क्यान) प्रयोग गरी डिजिटल भुक्तानी गर्दा रिभरसाइड स्प्रिङ्गस रिसोर्टका विभिन्न सेवाहरुमा १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन्।
बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा एटीएमहरु सञ्चालनमा छन्।
318
Shares

प्रतिक्रिया