ज्योति ग्रुपमा दुई भाइको झगडा सुरू भएसँगै पद्म ज्योतिले नयाँ ग्रुप ‘पद्म ज्योति ग्रुप’मा ब्रान्डिङ सुरू गरेका छन्।
रूप ज्योति र पद्म ज्योतिको विवादपछि पद्मले नयाँ नाममा ब्रान्डिङ सुरू गरेका हुन्।
पद्मका छोरा सौरभले झगडाबाट बाहिरिएर नयाँ ब्रान्डिङ सुरू गरेको बताए। ग्रुपको अध्यक्ष पद्म ज्योति नै छन्। उनी नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रहेका छन्।
सौरभ ज्योति ग्रुपका निर्देशक छन्। उनी ग्रुप अफ कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी (सीईओ) हुन्। मिरा ज्योति सुधृण ज्योति, सिर्जना ज्योति र आरती ज्योति कम्पनीका निर्देशक छन्।
ग्रुपका अध्यक्ष पद्म ज्योतिले एउटा चर्चित ग्रुपको पुनः नामकरण भएको बताए। उनले सन् १९२० बाट ज्योति ग्रुपको व्यवसाय सुरु भएको बताउँदै नेपालमा पहिलो डन्डी उद्योग, पहिलो सिमेन्ट उद्योग सुरू गरेको बताए।

पारिवारिक विवाद नेपालमा मात्रै नभई विश्वभर छुट्टिने बताउँदै घाम अस्ताएपछि झुल्किने उनले बताए।
पद्म ज्योतिले भने, ‘यो परिवर्तन नाममा मात्रै नभई नवीन सुरूवात हो।’
हिमाल स्टिल, अटोमा होन्डा, बैंक तथा वित्तीय संस्थाहरूमा लगानी छ। हिमाल मोटर कम्पनीले होन्डाका दुईपांग्रे एसेम्बल उद्योग सुरू गरेको छ।

Shares

प्रतिक्रिया