कारोबार


लाइनबाट अनलाइनसम्म इसेवाले तय गरेको १६ वर्षे यात्रा, झण्डै करोड पुगे प्रयोगकर्ता

लाइनबाट अनलाइनसम्म इसेवाले तय गरेको १६ वर्षे यात्रा, झण्डै करोड पुगे प्रयोगकर्ता

नेपालखबर
माघ १३, २०८१ आइतबार १२:५७, काठमाडौँ

इसेवाले वित्तीय प्रविधिमा नवीनतम सेवाहरु थप गर्दै जाने र उत्कृष्टताका लागि कार्यरत रहने प्रतिबद्धतासहित १६औँ वार्षिकोत्सव मनाएको छ। 

नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट कम्पनीले सेवा सुरु गरेको थियो। इसेवाले नेपालमा वित्तीय समावेशीकरणमा महत्वपूर्ण भूमिका पनि निर्वाह गर्दै आइरहेको जनाएको छ। 

मोबाइल टपअपबाट सेवा सुरु गरेको इसेवाले हाल इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, होटल बुकिङ, सेयर तथा डिम्याट खाता नविकरण, ब्लूबुक नवीकरण, इन्सोरेन्स लगायतका दुई हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानीका साथै इजी लोन, इस्पिकर, मर्चेन्ट लिङक जस्ता सुविधाहरु दिँदै आइरहेको छ। 

लाइनबाट अनलाइनसम्मको यात्रा तय गरेको इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था साझेदार रहेका छन्। करिब १ करोड कुल प्रयोगकर्ता भएको इसेवा गत वर्ष प्ले स्टोरमा १० लाखभन्दा बढी डाउनलोड हुने पहिलो नेपाली डिजिटल वालेट भएको थियो। त्यसैगरी इसेवाको २ लाख ६८ हजार भन्दा बढी एजेन्ट र ४ लाख ५० हजारभन्दा बढी मर्चेन्टहरु छन्। 

इसेवाले हालसालै नयाँ फिचर फाइनान्स३६० समेत सुरु गरेको छ। यसको साथ ग्राहकहरुले प्रत्येक विधामा भएको आफ्नो खर्चको विवरणहरु हेर्न सक्छन्। यो फिचरमा कुन कार्यमा के कति खर्च भयो, कुल समयमा कुल खर्च कति भयो हेर्नुका साथै आफ्नो मासिक खर्चको लागि बजेट पनि निर्धारण गर्ने जस्ता विशेषताहरु रहेको छ। 

यस फिचरको साथ इसेवा प्रोगकर्ताहरुलाई आफ्नो खर्च व्यवस्थापन गर्न र न्यूनीकरणमा समेत मद्दत पुग्ने कुरामा प्रमुख कार्यकारी अधिकृत खड्काले जोड दिएका छन्। 

त्यसै गरि इसेवाले आफ्नो ग्राहकहरुको दैनिक वित्तीय व्यवस्थापन सहजताका लागि इसेवा क्यालेन्डर सुबिधा पनि ल्याएको छ। यस सेवाअन्तर्गत इसेवा क्यालेन्डरमा आफ्नो भुक्तानीहरु अग्रिम टिपोट गरि राख्न सकिन्छ र इसेवा क्यान्डरमा गई सजिलै आफ्ना आर्थिक कारोबारहरु जाँच तथा व्यवस्थापन गर्न सकिन्छ।

पहिला शेड्यूल पेमेन्टमा गई सम्पूर्ण भुक्तानी खोज्नुपर्थ्यो भने इसेवा क्यालेन्डरको मद्दतले ग्राहकहरुले आफुले गरेको भुक्तानी तथा आर्थिक कारोबारहरु सजिलै क्यालेन्डरमा गई हेर्न मिल्नेछ। त्यसैगरी यस क्यालेन्डरमा इसेवा मार्फत आफुले गरेको टिकट, होटल, फ्लाइट बुकीङ जस्ता कारोबारहरु पनि देखिनेछ।

योसँगै ग्राहकहरुले निश्चित समयमा नियमित गरि रहने बिजुली, खानेपानी जस्ता भुक्तानीहरु पनि यस क्यालेन्डरमा देखिने छ जसले गर्दा ग्राहकरुको कुनै पनि भुक्तानी तथा इभेन्टहरु छुट्ने छैन । यति मात्र नभई इसेवा क्यालेन्डरमा ग्राहकहरुले आफ्नो तथा परिवारको जन्मदिन, एनिभरसरी, मिटिङ इत्यादी जस्ता व्यक्तिगत इभेन्टहरु पनि अग्रिम टिपोट गर्न सक्नेछन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad