कारोबार


सामसङले विशेष अफरसहित ल्यायो नयाँ ९ किलो फ्रन्ट लोड वासिङ मेसिन

सामसङले विशेष अफरसहित ल्यायो नयाँ ९ किलो फ्रन्ट लोड वासिङ मेसिन

नेपालखबर
माघ १४, २०८१ सोमबार १७:२२, काठमाडौँ

सामसङ नेपालले नयाँ बिस्पोक एआई ९ केजी फ्रन्ट–लोड वाशिङ मेसिन नेपाली बजारमा ल्याएको छ।

ठूला लोडहरूको लागि पूर्ण रूपमा उपयुक्त रहेको ९केजी बिस्पोक फ्रन्ट–लोड वाशिङ मेसिनले उपभोक्ताहरूलाई सजिलै दैनिक लुगा धुने व्यवस्थापन गर्न, समय बचत गर्न र धुने क्षमतामा सम्झौता नगरी सुविधा बढाएको दाबी गरेको छ। 

कम्पनीका अनुसार एआई एनर्जी, एआई कन्ट्रोल, एआई इकोबबल र सुपर स्पिड जस्ता उन्नत प्रविधिहरू प्रस्तुत गर्दै यी वाशिङ मेसिनहरूद्वारा लुगा धुने कामलाई काम जस्तो नलाग्ने बनाउने लक्ष्य राखेका छन्। सुपर स्पिड टेक्नोलोजीले, जेटलाई लुगा धुने प्रक्रियालाई गति दिन कपडामा पुग्न मार्गदर्शन दिने नजलको प्रयोग गरी वास साइकललाई ३९ मिनेट सम्ममा पूरा गर्दछ र हाइजीन स्टिमले ९९.९ प्रतिशत ब्याक्टेरिया र एलर्जीहरू हटाउने कम्पनीको दाबी छ। यसमा लुगा धुने प्रक्रियालाई अझ प्रभावकारी बनाउन र ऊर्जा खपतलाई ७० प्रतिशतसम्म घटाउनको लागि एआई एनर्जी मोड पनि समावेश छ। 

डिजिटल इन्भर्टर टेक्नोलोजी (डीआईटि) ले यी वासिङ मेसिनहरूमा २० वर्षको वारेन्टी र अत्यधिक स्थायित्वका साथ शान्त, ऊर्जा–दक्ष कार्यसम्पादन सुनिश्चित गर्ने कम्पनीले उल्लेख गरेको छ। 

यो वासिङ मेसिन दुई मोडलमा उपलब्ध रहेको छ। सामसङको नयाँ ९ केजी फ्रन्ट–लोड वाशिङ मेसिनहरूको मूल्य १ लाख १ हजार ९९० रुपैयाँबाट सुरु हुन्छ। प्रिमियम लन्ड्री सलुसनहरू पहुँचभित्र ल्याउँदै सामसङले २० प्रतिशतसम्म क्यासब्याकको साथ स्पेसल अफर उपलब्ध गराएको छ। 

यी उपकरणहरू ० प्रतिशत ब्याज ईएमआई अफर रहेको सामसङ इन्स्टा फाइनान्स मार्फत खरिद गर्न सजिलो बनाइएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad