कारोबार


पन्ड्स स्किन इन्स्टिच्युटले ल्यायो ‘मिराकल्स ह्यापेन्स’

पन्ड्स स्किन इन्स्टिच्युटले ल्यायो ‘मिराकल्स ह्यापेन्स’

नेपालखबर
चैत १८, २०८१ सोमबार १५:२६, काठमाडौँ

पन्ड्सले बजारमा आफूलाई पुनः प्रस्तुत गर्दै उपभोक्ताको व्यक्तिगत छाला सम्बन्धित समस्याहरूको समाधानका लागि शक्तिशाली तत्वहरू र फराकिलो प्रदत्तहरूका साथ समाधान प्रस्तुत गरेको छ।

महिलाहरूलाई नवीनतम विज्ञानको साथ उत्कृष्ट त्वचासम्बन्धी चमत्कारी परिणाम दिने उद्देश्यबाट प्रेरित यस ब्रान्डले नयाँ ट्यागलाइन “मिराकल्स ह्याप्पेन्स” प्रस्तुत गरेको छ।

पन्ड्स स्किन इन्स्टिट्युटले विज्ञानमा आधारित फोर्मुलाले उपभोक्तामा आशा र त्वचामा वास्तविक परिवर्तन ल्याउने लक्ष्य राखी पन्ड्स ब्रान्डकोे दृश्य पहिचानलाई परिवर्तन गर्दै पन्ड्सबाट पन्ड्स स्किन इन्स्टिच्युटमा नाम परिवर्तन गरेको छ, जसले ब्रान्डको आधारभूत विषयवस्तुः अनुसन्धान, विज्ञान र विशेषज्ञतालाई उजागर गर्दछ।

पन्ड्स स्किन इन्स्टिट्युटले आफ्ना फर्मुलामा तीन प्रमुख इन्ग्रेडिएन्टहरू प्रस्तुत गरेको छ – निआसिनामाइड, हायल्यूरोनिक एसिड र सक्रिय चारकोल, जुन यसको फेसवाश र फेस मोइस्चुराइजरहरु जस्ता प्रमुख प्रदक्तहरूमा पाइन्छ, र प्रत्येक इन्ग्रेडिएन्ट त्वचाको विशेष समस्यामा लक्षित छ। 

ब्रान्डले नयाँ र नवप्रवर्तन प्रदक्तहरूको माध्यमबाट नेपालमा विश्वव्यापी गुणस्तर अनुसार उपभोक्तालाई उत्तम समाधान दिन चाहन्छ।

पन्ड्स स्किन इन्स्टिट्युटको ब्राइट ब्युटी सिरम क्रिममा निआसिनामाइड मुख्य इन्ग्रीडीएन्टको रूपमा पाइन्छ, जुन छालाका तहहरूमा गहिरो प्रवेश गर्छ (एपिडर्मिस भित्र), ९६% स्पट रिडक्सन (स्पट रिडक्सनका लागि गरिएको क्लिनिकल अध्ययनको आधारमा) र चम्किलो त्वचा प्रदान गर्छ। 

नयाँ प्रस्तुत गरिएको पन्ड्स सुपरलाइट जेलमा हायल्यूरोनिक एसिड मुख्य इन्ग्रीडीएन्टको रूपमा पाइन्छ, जसले २०० प्रतिशत तत्काल हाइड्रेसन (सन् २०१९ मा गरिएको क्लिनिकल अध्ययनका आधारमा) प्रदान गर्दछ, जसले छालालाई अघिल्लो भन्दा नयाँ र हाइड्रेसनयुक्त राख्छ। 

उत्पत्तिदेखि नै बलियो आधारहरू रहेको यस ब्रान्डले १७५ वर्षभन्दा बढी समयदेखि विश्वभरमा आफ्नो उपस्थिति कायम राखेको कम्पनीको दाबी छ। पन्ड्स अहिले ६० भन्दा बढी देशहरूमा पुगेको छ। पन्ड्सले विज्ञानमा विश्वव्यापी अग्रणी भूमिका खेल्दै आएको छ। 

ऐतिहासिक रूपमा हेर्दा, पन्ड्सले पहिलो वेनिशिंग (छालाले सोस्ने प्रकारको) क्रिमको आविष्कार गरेको थियो। पन्ड्स सधैँ त्वचा विशेषज्ञको रूपमा रहेको छ र यसको यस साहसिक दाबीलाई प्रमाणित गर्न सशक्त प्रमाणहरू छन्, जुन ७०० वैज्ञानिक र अनुसन्धानकर्ताहरू र ५ ग्लोबल आर एन्ड डी अर्थात अनुसन्धात्मक सेन्टरहरूको मद्दतले सम्भव भएको हो। पन्ड्स सधैँ प्रतिष्ठित सौन्दर्य ब्रान्डको रूपमा रहेको छ। छोटोमा भन्नुपर्दा, पन्ड्स सधैँ वैज्ञानिक नवप्रवर्तनमार्फत उत्कृष्ट त्वचा प्राप्त गर्न प्रेरित गर्दै आएको छ।

युनिलिभर नेपाल लिमिटेडका मुख्य कार्यकारी अधिकृत र प्रबन्धनिर्देशक अम्लन मुखर्जीले भने, ‘हाम्रो ब्रान्ड पन्ड्स स्किन इन्स्टिट्युट उपभोक्तासँग समकालीन र सान्दर्भिक रहन चाहन्छ, उनीहरूको आवश्यकताहरू र चासोहरूको बुझाइ राख्न चाहन्छ र उनीहरूसँगै अघि बढ्न चाहन्छ। उपभोक्ताहरू हाम्रो ब्रान्डको मुटुमा छन्, त्यसैले हामी उनीहरूलाई निरन्तर बुझ्दै जान चाहन्छौँ जसले गर्दा हामी उनीहरूको आवश्यकताहरू पूरा गर्न नयाँ उत्पादनहरू प्रस्तुत गर्न सक्छौँ। यहाँ नै पन्ड्स स्किन इन्स्टिट्युटको भूमिका छ, जसका प्रदक्तहरू विज्ञानद्वारा समर्थित छन् र नेपाली उपभोक्ताहरूको त्वचा सहेत समाधानका लागि चमत्कारी परिणाम दिन सक्षम छन्, र म यो कार्यक्रम मार्फत यी प्रदक्तहरू नेपाली बजारमा प्रस्तुत गर्न पाउँदा खुसी छु।’

पन्ड्सले १६ चैत २०७८ मा हायत रिजेन्सीमा एक कार्यक्रम आयोजना गरेको थियो। यो कुनै साधारण बैठकभन्दा भिन्न थियो, कार्यक्रममा इन्ग्रेडिएन्टहरूको कार्यप्रणालीको व्यावहारिक उदाहरण प्रस्तुत गरियो। साथै प्रत्येक त्वचा प्रकारको लागि इन्ग्रेडिएन्टहरूको महत्व र पन्ड्स कसरी उपभोक्ताका आवश्यकताहरूअनुसार आफूलाई पुनः आकार गर्दै छ भन्नेबारे एक प्यानल बनाई छलफल गरियो। 

प्यानलमा अक्षता वैद्य (स्किनकेयर अनुसन्धान र विकास प्रमुख, पन्ड्स भारत बीयू), डा. सिर्जना श्रेष्ठ (सल्लाहकार तथा छाला रोग विशेषज्ञ, लेजर र एस्थेटिक चिकित्सक), गीताञ्जली कार्की (स्किनकेयर प्रेमी, मेकअप आर्टिस्ट र फिटनेस कोच) र रुची श्रेष्ठ (विज्ञापन प्रबन्धक) युनिलिभर नेपाल) रहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad