कारोबार


प्रभु बैंकले गण्डकीमा स्थापना गर्‍यो लघु, साना, मझौला उद्यम तथा उपभोक्ता ऋण केन्द्र

प्रभु बैंकले गण्डकीमा स्थापना गर्‍यो लघु, साना, मझौला उद्यम तथा उपभोक्ता ऋण केन्द्र

नेपालखबर
चैत २५, २०८१ सोमबार ११:४६, पोखरा

प्रभु बैंक लिमिटेड, गण्डकी प्रदेशले गण्डकी प्रदेशका लघु, साना तथा मझौला उद्यम र उपभोक्ता वर्गलाई लक्षित गरी एसएमई एन्ड कन्जुमर ब्यान्किङ हब गण्डकीको स्थापना गरेको छ। 

यस केन्द्रको औपचारिक उद्घाटन प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाको प्रमुख आतिथ्यमा भएको बैंकले जनाएको छ। 

उनले कार्यक्रममा आफ्नो धारणा राख्दै बैंकको नयाँ पहलले गण्डकी प्रदेशमा लक्षित ग्राहक वर्गलाई अझ सशक्त सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे। उनले बैंकले प्रस्तुत गरेको यस्तो केन्द्रले उद्यमशीलता प्रवर्द्धनमा सहयोग पु¥याउने र वित्तीय पहुँचमा सहजता ल्याउने कुरामा जोड दिए। 

एसएमई एन्ड कन्जुमर ब्यान्किङ हब गण्डकीमार्फत गण्डकी प्रदेशका व्यवसायी तथा उपभोक्ताहरूले लक्षित, छरितो र प्रभावकारी बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन्। 

यसले विशेष गरी लघु, साना तथा मझौला उद्यमहरूलाई व्यवसाय विस्तार, नयाँ उद्यम स्थापना तथा संचालनमा आवश्यक पर्ने ऋण सुविधा तथा परामर्श सेवा प्रदान गर्नेछ। उपभोक्ता वर्गका लागि समेत घर निर्माण, सवारीसाधन खरिद, शिक्षा, स्वास्थ्य लगायतका आवश्यकताहरूका लागि विविध ऋण योजना उपलब्ध हुनेछ।

कार्यक्रममा वक्ताहरूले यस्तो केन्द्रको स्थापनाले वित्तीय समावेशीकरण, रोजगारी सिर्जना, र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे।

यसमार्फत प्रमुख सेवाहरू व्यवसाय तथा परियोजना ऋण, उपभोक्ता ऋण (घर, गाडी, शिक्षा, स्वास्थ्य),वित्तीय परामर्श सेवा, द्रुत तथा प्रभावकारी कागजी प्रक्रिया प्रदान गरिनेछ।   

इच्छुक ग्राहकहरूले प्रभु बैंक लिमिटेडको गण्डकी प्रदेश कार्यालय वा नजिकैको शाखा कार्यालयमा सम्पर्क गरी थप जानकारी प्राप्त गर्न सक्नेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad