कारोबार


मिराया वेलनेस रिसोर्टमा नयाँ वर्ष अफर, यस्तो छ छुट प्याकेज

मिराया वेलनेस रिसोर्टमा नयाँ वर्ष अफर, यस्तो छ छुट प्याकेज

नेपालखबर
चैत २७, २०८१ बुधबार १६:३३, काठमाडौँ

मिराया वेलनेस एण्ड गल्फ रिसोर्टले सांस्कृतिक कार्यक्रम तथा विशेष अफरसहितको नयाँ वर्षमा छुट प्याकेज घोषणा गरेको छ। 

रिसोर्टले नेपाली नयाँ वर्ष २०८२ लाई विशेष र स्मरणीय बनाउने उद्देश्यका साथ यस्तो अफर ल्याएको जनाएको छ। 

यही चैत ३१ आइतबार साँझ देवचुलीस्थित मिरायामा विशेष अफरसहितको 'नयाँ वर्ष साँस्कृतिक साँझ' कार्यक्रम आयोजना हुने होटलले जनाएको छ। मिराया वेलनेस एन्ड गल्फ रिसोर्ट सीजी हस्पिटालिटीअन्तर्गत नवलपरासीमा सञ्चालनमा रहेको आतिथ्य गन्तव्य हो। 

नेपालको प्रिमियर इको-वेलनेस र गल्फ रिट्रिट गन्तव्यको रूपमा परिचित मिराया, सीजी शाश्वतधामको शान्त र सुन्दर परिवेशमा अवस्थित छ। हरियाली जंगल, पवित्र प्रकृति र आत्मिक उन्नतिको अद्भुत समिश्रण भएको मिरायामा नयाँ वर्षको साँझ नेपाली मौलिक परम्परा र संस्कृतिको जर्गेना गर्दै थारू समुदायको सांस्कृतिक जीवन्तता प्रस्तुत गरिनेछ। 

उक्त साँस्कृतिक साँझमा थारू समुदायको परम्परागत संगीत, रंगीन नृत्य र सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिनेछन्। थारू संस्कृति र परम्परालाई नजिकबाट अनुभूति गराउने यो कार्यक्रम उन्नति कल्चर भिलेजको सहकार्यमा आयोजना हुँदै छ।

अतिथिहरूलाई डिनरअघि स्वादिला स्न्याक्स र आकर्षक सांस्कृतिक प्रस्तुतिमार्फत स्वागत गरिनेछ भने साँझको मुख्य आकर्षणको रूपमा थारू परिकार र बीबीक्यूसहितको बफे डिनरको व्यवस्था गरिएको छ। स्वाद, संगीत र संस्कृतिको समिश्रणले नयाँ वर्षको सुरुआतलाई थप रमणीय बनाउनेछ।

मिरायाले यस विशेष साँझलाई अझ रोमाञ्चक बनाउन नयाँ वर्ष लक्षित प्याकेज पनि सार्वजनिक गरेको छ। प्रति व्यक्ति रू. ९,९९९ दरमा (कम्तीमा दुई जना) को लागि यो प्याकेज उपलब्ध हुनेछ, जसमा सांस्कृतिक कार्यक्रम, डिनरअघि स्न्याक्स, बफे डिनर, एक रातको लक्जरी बसोबास र भोलिपल्टको ब्रेकफास्ट समावेश गरिएको छ। 

४ देखि १२ वर्षका बालबालिकाका लागि यो प्याकेज रू. ४,००० मा उपलब्ध छ भने ४ वर्षमुनिका बालबालिकाले आमाबुबासँग कोठा साझा गरेमा निःशुल्क बस्न सक्ने सुविधा पनि दिइएको छ। डिनर मात्रको दर प्रति व्यक्ति रू. ६,५०० नेट तोकिएको छ, जुन सांस्कृतिक प्रस्तुति र बफे डिनरसहितको हो। ४–१२ वर्षका बालबालिकाका लागि डिनर मात्रको रू. ३,००० निर्धारण गरिएको छ।

यो अफर आइतबारको रात एक दिनका लागि मात्र मान्य हुने र प्याकेजमा समावेश सेवाहरूमा आगन्तुकहरूले ५० प्रतिशतसम्मको बचत गर्न सक्ने होटलले जनाएको छ। स्थान सीमित भएकाले इच्छुक अतिथिहरूलाई अग्रिम बुकिङ गर्न आयोजकले अनुरोध गरेका छन्।

मिराया वेलनेस एण्ड गल्फ रिसोर्ट केवल एक आवासीय गन्तव्य मात्र नभई रूपान्तरणात्मक जीवनशैलीको अनुभव हो, जहाँ वेलनेस, आध्यात्मिक उन्नति, संस्कृति, खेलकुद र साहसिक क्रियाकलापहरू एकै साथ समेटिएका छन्। प्राकृतिक हरियाली र शान्त परिवेशबीच अवस्थित मिरायामा वेलनेस, योग र ध्यान, आयुर्वेदिक थेरापी, जंगल वाक, साइकलिङ, बर्ड वाचिङ, र आध्यात्मिक ध्यानमार्फत शरीर, मन र आत्माको सन्तुलन कायम गरिने अनुभव प्राप्त गर्न सकिन्छ।

मिरायाले प्रत्येक आगन्तुकलाई आन्तरिक शान्ति र बाह्य जीवनशैलीबीचमा आधारित जीवन अनुभव गराउने उद्देश्य लिएको छ। यसले इको-कन्सस जीवनशैली, आत्मिक पुनर्जागरण र सांस्कृतिक समावेशजस्ता पक्षहरूलाई एकैसाथ आत्मसात गर्दै जीवनको उद्देश्यपूर्ण यात्रातर्फ डोर्याउने प्रयास गर्दछ।

नयाँ वर्षलाई संगीत, संस्कृति, स्वाद र शान्तिको अनुपम संगममा मनाउन चाहने जोडीहरू, परिवारहरू वा साथीहरूको समूहका लागि मिराया वेलनेस एण्ड गोल्फ रिसोर्टको यो विशेष सांझ एक प्रेरणादायी र अविस्मरणीय अनुभव बन्ने होटलले विश्वास लिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad