कारोबार


बजाजको नयाँ वर्ष अफर ‘खुसीको मिटर’का विजेता बने मोसिम आलम

बजाजको नयाँ वर्ष अफर ‘खुसीको मिटर’का विजेता बने मोसिम आलम

नेपालखबर
बैशाख ३१, २०८२ बुधबार १६:२८, काठमाडौँ

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले नेपाली नयाँ वर्ष २०८२ को उपलक्ष्यमा आयोजना गरेको ‘खुसीको मिटर’ का भाग्यशाली विजेताको घोषणा गरेको छ।

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले आयोजना गरेको यो क्याम्पेनमा देशभरबाट हजारौं उत्साही सहभागीहरूले सहभागिता जनाएका थिए। सहभागीहरुमध्ये लक्की ड्रमार्फत यस एन्ड ब्रदर्स अटो प्रा. लि., विराटनगरका मोसिम आलमले एक लाख नगद पुरस्कार जित्न सफल भएका हुन्। 

यो क्याम्पेनले गेमिङको रमाइलो र मोटरसाइकल किन्दाको खुसीलाई एकसाथ जोडेको थियो। जस अन्तर्गत ग्राहकहरूले डिजिटल अनुभवमार्फत रु. १ लाखसम्म नगद पुरस्कार र आकर्षक गिफ्टहरु समेत जित्ने अवसर पाएका थिए। 

बजाजले सामाजिक सञ्जालमार्फत खेल्न सकिने विशेष डिजिटल गेम ल्याएको थियो। जसअन्तर्गत सहभागीहरुले घरमै बसीबसी विभिन्न आकर्षक उपहारहरु जित्न सफल भएका छन्। ग्राहकहरुले उक्त उपहारहरु प्राप्त गर्न बजाज मोटरसाइकलको टेस्ट राइडमा पनि उल्लेखनीय सहभागिता जनाएका थिए। 

सबै सहभागीहरूका लागि समान अवसर सुनिश्चित गर्दै निष्पक्ष र पारदर्शी लक्की ड्र प्रक्रियामार्फत विजेताको छनोट गरिएको थियो। विजेता आलमले १५० सीसी पल्सर मोटरसाइकल खरिद गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad