कारोबार


एनसेलले ल्यायो नयाँ योजना : १ करोड रुपैयाँ नगद बम्पर पुरस्कार, हरेक हप्ता १० लाख रुपैयाँ अरु के?

एनसेलले ल्यायो नयाँ योजना : १ करोड रुपैयाँ नगद बम्पर पुरस्कार, हरेक हप्ता १० लाख रुपैयाँ अरु के?

नेपालखबर
असार १, २०८२ आइतबार ११:५६, काठमाडौँ

एनसेलले आफ्ना ग्राहकहरुका लागि ‘सधैँ अन करोडपति’ योजना सञ्चालनमा ल्याएको छ। यसअन्तर्गत ग्राहकहरुले १ करोड रुपैयाँको बम्पर नगद पुरस्कार जित्ने सुनौलो मौका पाउने एनसेलले जनाएको छ।

यो योजनामा हरेक हप्ता १० जना भाग्यशाली ग्राहकले जनही १ लाख रुपैयाँ नगद पुरस्कार पनि जित्न सक्नेछन्। यो साप्ताहिक नगद पुरस्कार १२ हप्तासम्म जारी रहनेछ। त्यसको साथै, यो योजनामा सहभागी हुने प्रत्येक ग्राहकले डेटा, भ्वाइस वा डिजिटल सेवालगायत विभिन्न सेवा बोनसस्वरुप प्राप्त गर्दछन्, जसले गर्दा यो योजना सबैका लागि हात खालि नजाने योजना बनेको छ।

‘सधैँ अन करोडपति’ योजना आज (आइतबार, असार १)देखि लागू भएको छ र यो १२ हप्तासम्म सञ्चालन हुनेछ। यो योजनामा सहभागी हुन ग्राहकहरूले कम्तीमा ९९ रुपैयाँ वा सोभन्दा माथिको कुनै पनि एनसेल सेवा—जस्तै नयाँ सिम, डेटा प्याक, भ्वाइस प्याक, एसएमएस प्याक, रोमिङ प्याक वा कम्बो प्याक लिनु पर्दछ। यो योजना आइतबारदेखि शनिबारसम्मको साप्ताहिक चक्रअनुसार सञ्चालन हुनेछ।

“यो मनसुनमा, एक दशकभन्दा लामो समयपछि हामीले यो यति ठूलो योजना सञ्चालनमा ल्याएका छौँ। सबैलाई सधैँ सहज, सुलभ सेवामार्फत जोडी राख्ने हाम्रो प्रतिबद्धताबमोजिम, हामी हाम्रो ‘सधैँ अन’ पहलअन्तर्गत यो योजना सञ्चालन गर्न पाएकोमा धेरै उत्साहित छौँ। १ करोड रुपैयाँको नगद बम्पर पुरस्कारदेखि सहभागी सबैलाई केही न केही बोनसको व्यवस्था रहेकोले योजना विशेष बनेको छ”, एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले भने।

ग्राहकहरूले *१२३# डायल गरी, नजिकको आधिकारिक खुद्रा बिक्रेता वा एनसेल सेन्टरमा गई, अथवा एनसेल एप, एनसेल वेबसाइटमार्फत एनसेल सेवाहरु लिन सक्छन्। त्यसैगरी एनसेल रिचार्ज तथा प्याक खरिद समर्थन गर्ने नेपालमा दर्ता भएका कुनै पनि डिजिटल वालेट वा बैंक प्लेटफर्ममार्फत एनसेल सेवा लिन सकिन्छ।

हरेक ९९ रुपैयाँ बराबरको सेवा खरिद गर्दा ग्राहकले योजनाको १ वटा टिकट प्राप्त गर्नेछन्। यदि ग्राहकहरुले ४९९ रुपैयाँ बराबरको सेवा खरिद गर्छन् भने उनीहरूले ५ वटा टिकट प्राप्त गर्नेछन्। यसको मतलब प्याकको मूल्य जति बढी भयो जित्ने सम्भावना पनि त्यत्तिकै बढी हुन्छ। ग्राहकहरुलाई सेवा खरिद पश्चात उनीहरुले पाएको आफ्नो टिकट हेर्न सकिने लिङ्क तुरुन्तै एसएमएसमार्फत पठाइनेछ। एनसेल एपमार्फत, *९९९९# डायल गरेर, वा चालु हप्ताका लागि १ र सम्पूर्ण योजना अवधिका लागि २ टाइप गरी ९९९९ मा एसएमएस पठाएर आफुले पाएका टिकटहरू हेर्न सक्ने व्यवस्था गरिएको छ।

यस योजनाको अर्को विशेषता भनेको रिन्यूअल वा रोमिङ सेवा खरिद गर्दा ग्राहकले नगद पुरस्कार जित्ने दोब्बर मौका प्राप्त गर्ने हो। उदाहरणका लागि, सामान्य रूपमा ९९ रुपैयाँको सेवा वा प्याक खरिद गर्दा १ वटा टिकट प्राप्त हुन्छ, तर यदि त्यो सेवा रिन्यूअल वा रोमिङ हो भने ग्राहकले २ वटा टिकटहरु प्राप्त गर्दछन्।

कुनैपनि नेपाली बैंकमा खाता र प्यान नम्बर भएका सबै प्रिपेड, पोस्टपेड र वायर–फ्री ग्राहकहरू यस योजनामा सहभागी हुन योग्य छन्। पोस्टपेड प्रयोगकर्ताहरूले मासिक रूपमा सक्रिय रहेर वा नयाँ पोस्टपेड सिम खरिद गरेर सहभागी हुन सक्नेछन्। हरेक रिन्यूअलमा टिकटहरू स्वचालित रूपमा जारी हुन्छन्।

यस योजना अवधिभर प्रत्येक आइतबार साँझ ६:३० देखि ७:०० बजेको समयामा एनसेल यूट्युव च्यानल, एनसेल एप र कान्तिपुर टिभीमार्फत प्रसारण हुने कार्यक्रममार्फत नगद पुरस्कार विजेताहरू घोषणा गरिनेछन्। नगद पुरस्कार हस्तान्तरण प्रक्रियाका लागि एनसेलले विजेताहरूलाई सिधैं सम्पर्क गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad